हेलिकोप्टरमार्फत  खाद्यान्न ढुवानी गर्न माग,प्रमुख जिल्ला अधिकारीको पत्रको बेवास्ता

३२ साउन  दार्चुलादार्चुला सदरमुकाममा नागरिकता बनाउन र अन्य सरकारी कामकाजका लागि मात्रै झर्छन व्याँसवासी। नेपाली भूमी भएर खलंगा पुग्न एक दिन पुरै लाग्छ उनीहरुलाई। नेपालको बाटो सुरक्षीत छैन। जोखिमको यात्रा गर्नुपर्छ। व्यासँ गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटनापछि व्यासबासीका लागि भारतको बाटो पनि बन्द भएको छ। भारतको बाटो हुँदै सदरमुकाम आवतजावत गर्ने व्यासवासीले अहिले समस्यामा परेका छन । स्थानीय हरकसिँह कार्कीले मालगाउँमा खाद्यान्नको संकट रहेको बताए। ‘लगातार ५ घण्टा हिँडेर सुन्सेरा पुगिन्छ,’ उनले भने, ‘त्यहाँसम्म ट्याक्टरमार्फत खाद्यान्न ढुवानी हुने गरेको छ।

तर अहिले वर्षाका कारण बाटो अबरुद्ध भएपछि त्यहाँ पनि खाद्यान्नको अभाव छ। व्याँस गाउँपालिका–२ राप्लास्थित मालगाउँ जोड्ने तुइन बन्द भएको १५ दिन बढी भइसकेको छ। खाद्यान्नको संकट भइसकेको छ।’कतिपयले त लुकीछिपी रातिको समयमा तुइन प्रयोग गरिरहेका छन् भने अन्यले जिल्ला सदरमुकाम खलंगा पुग्न असुरक्षीत बाटोमा जोखिम मोलिरहेका छन्। भएका केही पसलहरुमा दाल चामल नै छैन भने उपलब्ध सामान पनि चर्को मूल्यमा खरिद गर्न मालगाउँवासी बाध्य छन्। एक लिटर तेलको मात्रै ३ सय ७० रुपैयाँ पुगेको छ। विगतमा दैनिक उपभोग्य सामग्री भारतबाटै ल्याउन सजिलो हुने गरेको अर्का स्थानीय कल्यानसिंह कार्कीले बताए।

उनले भने, ‘कसैको घरमा छाक टार्न चामल छैन। कसैको घरमा नुन सकिएपछि तरकारी पकाउन नपाएर रोटी मात्रै खाइरहेका छन्।’खाद्यान्न आपूर्तिका लागि स्थानीय तहसँग पटकपटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेको उनको आरोप छ। व्याँस गाउँपालिकाको वडा नम्बर २ राप्लामा तीन सय बढी परिवारको बसोबास छ। माल गाउँमा मात्रै ७० बढी परिवार बसोवास गर्छन्। व्याँसको राप्ला, दुम्लीङ लगायतका क्षेत्र भौगोलीक हिसाबले एकदमै विकट छन्। उक्त क्षेत्रमा नेपालबाट खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा समस्या भएको हो। तत्कालका लागि हेलिकोप्टरबाट भएपनि खाद्यान्न ढुवानी गरिदिन स्थानीयले माग गरेका छन्। व्याँस गाउंपालिका वडा नम्बर २ का वडा अध्यक्ष धिरनसिँह बुढाथोकीले खाद्यान्नका लागि माथील्लो निकायसंग कुरा गरिरहेको बताए।

सदरमुकामबाट माल गाउँ ५५ किलोमिटर टाढा रहेको छ। वर्षाका खलंगाबाट सुन्सेरा जोड्ने सडक अबरुद्ध हुँदा खाद्यान्न ढुवानी ठप्प रहेको छ ।यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले स्थानीय प्रशासनले व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको विषयमा जानकारी गराउँदै ढुवानीको व्यवस्था मिलाइदिन आग्रह गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेवास्ता गरेको छ । ११ साउनमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीलाई पत्राचार गर्दै व्यास गाउँपालिका–१ मा शीघ्र खाद्यान्न आपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्नुभएको थियो ।

तर प्रमुख जिल्ला अधिकारी जोशीले पत्राचार गरेको २० दिन बित्दा समेत कुनै सुनवाइ नभएपछि आइतबार हिजो फेरि पत्राचार गर्दै तत्काल खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । व्यास गाउँपालिका–१ मा गत वर्ष समेत सरकारबाट स्वीकृत पाँच सय क्वीन्टल चामल ढुवानी नभएको पनि पत्रका उल्लेख गरिएको छ । आइतबारको पत्रमा प्रजिअ जोशीले गाउँपालिका कार्यालयबाट लिखित तथा मौखिक रुपमा अनुरोध भइआएकाले हवाई सेवा मार्फत भए पनि तत्काल पाँच सय क्वीन्टल चामल र गहुँको ढुवानी गरिदिन भन्नुभएको छ ।

‘भौगोलिक विकटता, हिमपात समेतको जोखिम र नेपालतर्फ खाद्यान्नको ढुवानीको वैकल्पिक सडक बाटो समेत नभएकाले खाद्यान्नको चरम अभावका कारण सम्बन्धित क्षेत्रका आम नागरिकलाई पर्न सक्ने कठिनाइ तथा खाद्यान्न अभावको महामारी समेतलाई दृष्टिगत गरी छिटो साधन हेलिकप्टरद्वारा तत्काल ढुवानीको व्यवस्था मिलाइदिन अनुरोध छ,’ प्रजिअले लेखेको पत्रमा उल्लेख छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले भने केन्द्रीय कार्यालयमा व्यासको समस्याबारे जानकारी गराइसकेकाले चाँडै खाद्यान्न ढुवानी गरिने बताउँदै आएको छ ।

सारथी खबर बाट शाभार

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?