हेलिकोप्टरमार्फत  खाद्यान्न ढुवानी गर्न माग,प्रमुख जिल्ला अधिकारीको पत्रको बेवास्ता

३२ साउन  दार्चुलादार्चुला सदरमुकाममा नागरिकता बनाउन र अन्य सरकारी कामकाजका लागि मात्रै झर्छन व्याँसवासी। नेपाली भूमी भएर खलंगा पुग्न एक दिन पुरै लाग्छ उनीहरुलाई। नेपालको बाटो सुरक्षीत छैन। जोखिमको यात्रा गर्नुपर्छ। व्यासँ गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटनापछि व्यासबासीका लागि भारतको बाटो पनि बन्द भएको छ। भारतको बाटो हुँदै सदरमुकाम आवतजावत गर्ने व्यासवासीले अहिले समस्यामा परेका छन । स्थानीय हरकसिँह कार्कीले मालगाउँमा खाद्यान्नको संकट रहेको बताए। ‘लगातार ५ घण्टा हिँडेर सुन्सेरा पुगिन्छ,’ उनले भने, ‘त्यहाँसम्म ट्याक्टरमार्फत खाद्यान्न ढुवानी हुने गरेको छ।

तर अहिले वर्षाका कारण बाटो अबरुद्ध भएपछि त्यहाँ पनि खाद्यान्नको अभाव छ। व्याँस गाउँपालिका–२ राप्लास्थित मालगाउँ जोड्ने तुइन बन्द भएको १५ दिन बढी भइसकेको छ। खाद्यान्नको संकट भइसकेको छ।’कतिपयले त लुकीछिपी रातिको समयमा तुइन प्रयोग गरिरहेका छन् भने अन्यले जिल्ला सदरमुकाम खलंगा पुग्न असुरक्षीत बाटोमा जोखिम मोलिरहेका छन्। भएका केही पसलहरुमा दाल चामल नै छैन भने उपलब्ध सामान पनि चर्को मूल्यमा खरिद गर्न मालगाउँवासी बाध्य छन्। एक लिटर तेलको मात्रै ३ सय ७० रुपैयाँ पुगेको छ। विगतमा दैनिक उपभोग्य सामग्री भारतबाटै ल्याउन सजिलो हुने गरेको अर्का स्थानीय कल्यानसिंह कार्कीले बताए।

उनले भने, ‘कसैको घरमा छाक टार्न चामल छैन। कसैको घरमा नुन सकिएपछि तरकारी पकाउन नपाएर रोटी मात्रै खाइरहेका छन्।’खाद्यान्न आपूर्तिका लागि स्थानीय तहसँग पटकपटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेको उनको आरोप छ। व्याँस गाउँपालिकाको वडा नम्बर २ राप्लामा तीन सय बढी परिवारको बसोबास छ। माल गाउँमा मात्रै ७० बढी परिवार बसोवास गर्छन्। व्याँसको राप्ला, दुम्लीङ लगायतका क्षेत्र भौगोलीक हिसाबले एकदमै विकट छन्। उक्त क्षेत्रमा नेपालबाट खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा समस्या भएको हो। तत्कालका लागि हेलिकोप्टरबाट भएपनि खाद्यान्न ढुवानी गरिदिन स्थानीयले माग गरेका छन्। व्याँस गाउंपालिका वडा नम्बर २ का वडा अध्यक्ष धिरनसिँह बुढाथोकीले खाद्यान्नका लागि माथील्लो निकायसंग कुरा गरिरहेको बताए।

सदरमुकामबाट माल गाउँ ५५ किलोमिटर टाढा रहेको छ। वर्षाका खलंगाबाट सुन्सेरा जोड्ने सडक अबरुद्ध हुँदा खाद्यान्न ढुवानी ठप्प रहेको छ ।यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले स्थानीय प्रशासनले व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको विषयमा जानकारी गराउँदै ढुवानीको व्यवस्था मिलाइदिन आग्रह गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेवास्ता गरेको छ । ११ साउनमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीलाई पत्राचार गर्दै व्यास गाउँपालिका–१ मा शीघ्र खाद्यान्न आपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्नुभएको थियो ।

तर प्रमुख जिल्ला अधिकारी जोशीले पत्राचार गरेको २० दिन बित्दा समेत कुनै सुनवाइ नभएपछि आइतबार हिजो फेरि पत्राचार गर्दै तत्काल खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । व्यास गाउँपालिका–१ मा गत वर्ष समेत सरकारबाट स्वीकृत पाँच सय क्वीन्टल चामल ढुवानी नभएको पनि पत्रका उल्लेख गरिएको छ । आइतबारको पत्रमा प्रजिअ जोशीले गाउँपालिका कार्यालयबाट लिखित तथा मौखिक रुपमा अनुरोध भइआएकाले हवाई सेवा मार्फत भए पनि तत्काल पाँच सय क्वीन्टल चामल र गहुँको ढुवानी गरिदिन भन्नुभएको छ ।

‘भौगोलिक विकटता, हिमपात समेतको जोखिम र नेपालतर्फ खाद्यान्नको ढुवानीको वैकल्पिक सडक बाटो समेत नभएकाले खाद्यान्नको चरम अभावका कारण सम्बन्धित क्षेत्रका आम नागरिकलाई पर्न सक्ने कठिनाइ तथा खाद्यान्न अभावको महामारी समेतलाई दृष्टिगत गरी छिटो साधन हेलिकप्टरद्वारा तत्काल ढुवानीको व्यवस्था मिलाइदिन अनुरोध छ,’ प्रजिअले लेखेको पत्रमा उल्लेख छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले भने केन्द्रीय कार्यालयमा व्यासको समस्याबारे जानकारी गराइसकेकाले चाँडै खाद्यान्न ढुवानी गरिने बताउँदै आएको छ ।

सारथी खबर बाट शाभार

ताजा खबर

भीमदत्त–८ मा निःशुल्क आँखा शिविर, ४ सय ४४ जनाले लिए सेवा

कञ्चनपुर ३० जेठ विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति...

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?