कञ्चनपुर, १७ असोज
शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो शैक्षिक परिवेशका चुनौती र सम्भावनाबारे छलफल गर्ने उद्देश्यले सुदूरपश्चिममा एक दिने प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना गरिएको छ ।
शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो शैक्षिक परिवेशका चुनौती र सम्भावनाबारे छलफल गर्ने उद्देश्यले सुदूरपश्चिममा एक दिने प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना गरिएको हो । शनिवार काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसन अन्तर्गतको निरन्तर तथा व्यवसायिक शिक्षा केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागको आयोजना तथा सुदुरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा भवानी चन्द ठकुरीको प्रमुख आतिथ्यतामा उक्त एक दिने प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना गरिएको हो ।
विभिन्न विषयका कार्यपत्र प्रस्तुति संगै समुहगत छलफल सहित आयोजना भएको उक्त एक दिने एकदमै उपलव्धि मुलक र लाभदायक रहेको सहभागि शिषकहरुले वताएका छन । कार्यक्रममा सहभागि ईन्टरनेष्नल पव्लिक स्कुल कञ्चनपुरका प्राचार्य राजेन्द्र प्रसाद भट्टले शिक्षाको क्षेत्रमा लामो समयदेखि आफ्नो योगदान दिइरहनुभएका विद्धान व्यक्तित्वहरूको सहभागिताले यो सम्म्ेलन अत्यन्त्यै उपलविधमुलक रहेको वताउदै समग्रमा शिक्षा क्षेत्रमा अहिले शिक्षकमा आउनुपर्ने मूलभूत परिवर्तनका लागि आजको यो सम्मेलन कोसेढुंगा साबित हुने आशा रहेको उहाले वताउनु भएको छ ।
यसै गरि सम्मेलनमा सहभागि हुन कैलाली बाट आएका चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधी ओझाले विभिन्न ठाउँबाट आउनुभएका बौद्धिक व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्दै उहाँहरूका अनुभवहरू सुन्ने मौका पनी पाएको र शैक्षिक क्षेत्रमा काम गरिरहेका साथीहरू विच शैक्षिक सम्बन्ध स्थापित गर्ने काम समेत यस सम्मेलनले गरेको वताउनु भएको छ । साथै उहाले यो सम्मेलन एकदमै सार्थक र महत्वपुर्ण रहेको समेत वताउनु भएको छ ।
यसै गरि सम्मेलनको आयोजक रहेको काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसन अन्तर्गतको निरन्तर तथा व्यवसायिक शिक्षा केन्द्रका संयोजक राजेन्द्र दाहालले विश्वविद्यालयमा गरिएका अनुसन्धान र स्थानीय तहमा गरिएका अनुसन्धानहरूका बीचमा एउटा छलफल गर्ने र विश्व बजारमा कसरी शिक्षा अगाडि बढिरहेको छ, र हामी कसरी चलिरहेका छौँ, भन्ने विषयलाई एक ठाउँमा ल्याएर छलफल गर्दा खेरि विभिन्न व्यक्तिहरूले छलफलबाट सिक्ने खालको परिस्थिति बन्ने प्रकारले गर्दा पनि यो सम्मेलन आयोजना गरिएको वताउनु भएको छ ।
यसै गरि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागका उप प्राध्यापक डा गम्विर वहादुर चन्दले विद्यालयहरूमा शिक्षकहरूका राम्रा विशेषज्ञता तथा अभ्यासहरुलाइ समाजमा र्पुयाउन अथवा एक–आपसमा आदानप्रदान गर्नका लागि एउटा थलोको रुपमा यो सम्मेलन आयोजना भएको वताउनु भएको छ । साथै उहाले हाम्रा कक्षाकोठामा गरिरहेका कुराहरूलाई एक अर्कामा साटासाट गर्नका यस्ता कार्यक्रमहरू हामी प्रायःजसो आयोजना हुदै आएको समेत वताउनु भयो ।
कार्यक्रममा कञ्चनपुर कैलाली सहित विभिन्न विद्यालयका चार सय भन्दा बढी शिक्षक शिक्षीकाहरको सहभागिता रहेको थियो भने सम्मेलनमा शिक्षाविद प्रा डा वालचन्द्र लुईटेलले लोकप्रिय शिक्षा र रूपान्तरणकारी सिकाइमा देखिएको जोखिम विषयमा र सुदुरपश्चिम विश्वविद्यालयका साहायक प्राध्यापक डा मदन सिह देउवाले ‘रूपान्तरणकारी विकासका लागि शिक्षा, जनसशक्तीकरण र राष्ट्र निर्माण’ विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा विभिन्न शिक्षण–सिकाइमा कृत्रिम बौद्धिकताको प्रयोग बढ्दै गएको अवस्थामा यसको प्रयोग सँग जोडिएका समावेशिता, नैतिकता तथा शिक्षकको बदलिँदो भूमिकाबारे समेत छलफल गरिएको थियो ।
अशुद्ध भएको ठाँउमा शुद्ध वनाएर लेख


