रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ ।
कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई टिकट नदिएको भन्दै लेखक पक्षधर नेता कार्यकर्ताहरुले काँग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकास शर्माको पुत्ला दहन गरेका छन ।
मनोननय दर्ताकै दिन मंगलबार दिउँसो रमेश लेखक पक्षधर नेता कार्यकर्ताहरुले गगनको विश्वप्रकासको पुत्ला दहन गरेका हुन ।
रमेश लेखकका पुर्व स्वकीय सचिव समेत रहेका सुरेश गिरी सहितका नेता कार्यकर्ताहरुले कञ्चनपुर क्षेत्र ३ र रमेश लेखक एक पर्याचाबादी शब्द हुन भन्दै पुत्ला दहन गरेका छन ।
लेखकको चुनाव लड्ने प्रबल ईच्छा विपरित गगन, विश्वप्रकासले षड्यन्त्रमुलुक रुपमा टिकट खोसिएको बताएका छन । सक्षम विकासवादी नेताको टिकट खोसिएको भन्दै उनीहरुले पाटी नेतृत्वको बिरोध गरेका छन ।
क्षेत्र ३बाट रमेश लेखक, शंकर बहादुर चन्द र प्रेम बहादुर विष्टको सिफारिस भएको थियो । काँग्रेस विशेष महाधिवेशनबाट गगन कुमार थापा पाटी सभापति भएपछि क्षेत्र २बाट सिफारिस भएका हरि प्रशाद बोहरालाई अन्तत ३मा टिकट दिएको छ । काँग्रेस कञ्चनपुरमा टिकट विवादले नेता कार्यकर्ताहरु विभाजित भएका छन ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?