उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज 

कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शुक्रबार संस्थाका अध्यक्ष नारा जोशीको अध्यक्षता तथा पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णबहादुर चन्दको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।

करिब २७ हजार शेयर सदस्य रहेको संस्थाले सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, डडेल्धुरा र बैतडी गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएर १० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। साधारण सभामा अध्यक्ष नारा जोशीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रिय समाचार समिति ९रासस० मा कञ्चनपुरबाट कार्यरत पत्रकार महादेव अवस्थीलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। यसका साथै ज्येष्ठ नागरिक, संस्थापक सञ्चालक समिति सदस्य तथा उत्कृष्ट कृषकलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्यले सदस्यहरूलाई सरल र सहज कर्जा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार उत्पादनमूलक क्षेत्रमा कर्जा लिने सदस्यलाई ८ दशमलव २५ देखि ९ दशमलव २५ प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँसम्म बिना धितो र धितो राखेर ४० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइनेछ। यसअघि कर्जामा लाग्दै आएको एक प्रतिशत सेवा शुल्कसमेत हटाउने निर्णय गरिएको उहाँले बताउनुभयो।

त्यसैगरी, सदस्यहरूलाई प्रदान गरिँदै आएका विभिन्न आर्थिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने निर्णय संस्थाले गरेको छ। सहकारीले शेयर सदस्यहरूलाई कृषि उपकरण भाडामा उपलब्ध गराउने सेवा, राइस मिल तथा बीउ प्रशोधन केन्द्र सञ्चालन गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग गर्दै आएको छ।

संस्थाको हालको कुल सम्पत्ति दुई अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ। आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म संस्थाले पाँच करोड रुपैयाँभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको जनाइएको छ।

संस्थाले आगामी दिनमा शेयर सदस्यहरूको क्षमता अभिवृद्धि तथा व्यावसायिक सीप विकासका लागि विभिन्न तालिम सञ्चालन गर्न ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ। उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह, सदस्यको क्षमता विकास र कृषि क्षेत्रको प्रवर्द्धनमार्फत सहकारीको सेवा थप प्रभावकारी बनाउने संस्थाको लक्ष्य रहेको छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?