हिरा दत्त भट्ट
सिकाई र मानिसको दैनिक जीवन बिच घनिष्ट समबन्ध रहेको हुन्छ । पसलमा बसेर सुर्ती माड्दै अरुका कुरा सुनेर ब्यापार गर्न थाली प्रसस्त आम्दानी गरेर जीवन स्थर उकासेको व्यक्ती तथा प्रसस्त आम्दानी गरेर जीवन स्थर उकासेको व्यक्ती कुलतले गर्दा जीवन निर्वाह गर्न कठीन भएको व्यक्ती एक सिकाई र दैनिकी सगं सम्बन्धित विषय हुन । एक छाक खाना , ढुक्क सगं बस्ने ठाउं, शरिर ढाक्न लुगा तथा देशमा भएको सुविधा बाट विविध कारण आर्थिक, सामाजीक, शारिरिक भौगोलीक, शैक्षिक आदि कारणले हरबखत पछारिएका व्यक्तीको समुहलाई सुविधा वञ्चित समुह भनिन्छ । अर्को शब्दमा चाहेर पनि आफ्नो दैनिक जीवनलाई सुधार गर्न नसकेको समुहले सुविधा वञ्चित समुहलाई जनाउछ । कुनै व्यक्ती आपनो दैनिकी लाई जसरी पनि उठान गर्न खोज्दछ तर पनि उसको जीवन कष्ठकर नै भइरहेको हुन्छ । जीवनका हरेक घटनामा कुनै न कुनै तत्व चाहीं आर्थिक, सामाजीक, शारिरिक, भौगोलीक, शैक्षिक आदि पक्षले प्रत्यक्ष प्रभाव पार्दछ । राउटे , कुसुन्डा वा जुनसुकै व्यक्ती होस जीवन धान्न मेहनत गर्दा पनि आफुलाई सो समुहमा स्थापित गर्न नसक्ने व्यक्ती, परिवार , समाज नै सुविधा वञ्चित समुह हो । व्यक्तीको दैनिक जीवन गुजार्नका लागी चाही खेतवारीमा काम गर्न, विध्यालयमा पढाउन, बैकंमा काम गर्न , देश चलाउन , कुशल नेतृत्व गर्न, प्रशासन चलाउन, पिछिडिएको सोच बाट बाहिर आउनु, परम्परागत सोचाइमा समयानुसार परिमार्जन गरि आफुलाई आफ्नो कष्टपुर्ण जीवनबाट गुणस्तरीय जीवन धान्न आवश्यक पर्ने ज्ञान, सीप , क्षमता प्राप्त गर्नु साक्षरता हो । साक्षरता अकंमा भन्दा पनि मानसिक, आर्थीक, सामाजीक, भौतीक रुपमा सुधार भएको एक विषिष्ट पक्ष हो ।
ढुङ्गे युगमा चट्याङ बाट निस्केको आगो जोगाइ राख्नु, त्यसको दैनिक जीवनमा प्रयोगमा ल्याउनु, समय वित्दै जादा ढुङ्गा र बनस्पती बाट आगो निकाल्नु र बर्तमानमा खल्तीमा बोक्ने लाइटर सम्म पुग्नु एक साक्षरतामा आएको उपलब्धी हो । व्यक्तीले आफ्नो जीवन निर्वाह गर्नका लागी गर्भ देखी चिहान सम्म आफ्ना प्रयत्नहरु मनपटालस तथा आफ्नो वातावरणबाट ग्रहण गरी आफुं भित्र बाटै तथा आफ्नो पेरिफेरल वातावारणबाट जुनसुकै कुरा धारण गरी सकारात्मक जीवन यापन गर्नु नै जीवन प्रयत्न सिकाई हो । व्यक्तीले आफ्नो जीवन निर्वाह गर्नका लागी ज्ञान, सीप, क्षमता, कार्यदक्षता , व्यवहार परिमार्जन गर्नु नै जीवन प्रयत्न सिकाई हो । सिकाई विध्यालय , कलेज , विश्व विध्यालय बाट मात्र नभइ हिड्दा हिड्दै जीवन भर ढुङ्गा ,मुडा , प्रकृती, शिक्षक, अविभावक, चराचुरङ्गी , अग्रज , वातावरण आदि बाट प्राप्त गरेको ज्ञान सीप पनि सिकाई हो । नेपाल एक भुपरिवेष्ठीत राष्ट्र हो । आर्थीक , सामाजीक ,सास्ंकृतीक ,जैविक ,भौगलीक चुनौती तथा अवसरले भरीएको एक साझा फुलवारी हो । व्यक्ती तथा समाजको सुधार गर्नका लागी शिक्षा एक विषिष्ट तत्व हो । शिक्षाको अवसरले नै आजका सो कल्ड देशहरु विकासको चुली चढ्न सफल छन । अनौपचारीक , औपचारीक , प्राविधिक , डिजिटल आदि शिक्षाले व्यक्तीको गुणस्थरीय जीवन प्राप्तीमा प्रत्यक्ष असर पार्दछ । तसर्थ आर्थीक , सामाजीक ,सास्ंकृतीक ,जैविक ,भौगलीक चुनौती तथा अवसरले भरीएको देशमा यी विविध पक्षले शिक्षा प्राप्तीमा प्रभाव पारेको छ । देशमा बसोबास गर्ने समपुर्ण जात जाती , बर्ग , समुदाय लााई शिक्षाको मुल अवसरमा समावेस गर्न सकिएको छैन । कोही शैक्षिक अवसर प्राप्त गर्न सक्षम छन भने कोही शैक्षिक अवसरबाट पछारीएका छन ।
सामान्य दैनिक जीवन का लागी आपश्यक पर्ने ज्ञान सीप प्राप्ती बाट बञ्चीत छन । यी विवित आर्थीक , सामाजीक , सास्ंकृतीक ,जैविक , भौगलीक, व्यक्तीगत, परमपरागत सोच आदि कारणले धेरै जनसङ्ख्या साक्षरता तथा जीवन प्रयत्न सिकाईको पहुच बाट पछारिएका छन । सुविधा विहिन समुहको साक्षरता तथा जीवन उपयोगी सिकाईको पहुच विस्तार गर्नका लागी सवभन्दा पहिले सुविधा विहिन समुहको एकिन तथ्य प्राप्त गर्ने । त्यसपछी सुविधा विहिन हुनुका कारणहरु पत्ता लगाई त्यो वर्गको आर्थीक क्षमता विकास गर्ने क्रियाकलाप सञ्चालन गर्ने । समाज परिवर्तनको वाहक शिक्षा भएकाले सुविधा विहिन समाजमा विध्यालय , सिकाई केन्द्र , औपचारीक तथा अनौपचारीक शैक्षिक सस्थांहरुमा पहुंच वृद्वि गर्ने । शिक्षामा सरकारको अधिक लगानी गरी सुविधा विहिन वर्गको सोचाईमा सकारात्मक परिवर्तन ल्याउन जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने । समुदायमा विभिन्न सघं सस्थाहरु प्रिचालन गरी आर्थीक वृद्वि गर्न साक्षरता एवं जीवन प्रयत्न सिकाई क्रियाकलापहरु सञ्चालन गर्न लगाउने ।
तीनै तहका सरकारहरुले आर्थीक वृद्वि गर्ने अवसरहरु ल्याउने । सामाजमा आर्थीक अवस्था कमजोर हुने भएकाले केटाकेटिहरु सानै देखी पैसा कमाउन तर्फ केन्द्रीत हुने भएकाले सुविधा विहिन समुहमा आर्थीक वृद्विदरका अवसर विकास गराउने । भौगलिक अवस्थाका कारणले शिक्षा प्राप्त गर्न विमुख समुहका लागी स्थानिय , प्रदेश तथा सघींय सरकारले स्थानिय भौगलिक वातावारणलाई आधार मानी विध्यालय स्थापना तथा सिकाई केन्द्र सञ्चालनमा ल्याउने । यसका साथ साथै विकट क्षेत्रमा साक्षरता कार्यक्रम, चेलीबेटी शिक्षा , प्रौढ शिक्षा तथा जीवन उपयोगी सिकाईका अवसरहरु सञ्चालन गर्ने । भौगलीक विकटताको चुनौती लाई अवसरमा बदल्ने । समवन्धित स्थानीय तहमा स्थानिय परिवेश अनुसार उपयुत्त फलफुल खेती , खाद्यान्न , जडीबुटी सङ्कलन आदि जस्ता क्रियाकलापहरु सञ्चालन गर्ने । जस्तै जुम्ला, हुम्ला , बाजुरा मुगु , डोल्पा आदि जिल्लाको हावापानी लााई ख्याल गरी आवश्यक ज्ञान , सीप , क्षमता तथा व्यवसायिक शिक्षाका अवसरहरु सञ्चालन गर्ने ।
शारिरिक वा अपाङ्गताका कारणले पछि पारिएका वा विपन्न समुदायलाई साक्षरता तथा जीवन उपयोगी सिकाई अभिवृद्वि गर्नका लागी अपाङ्गता भएका व्यक्तीहरु प्रतीको दृष्टीकोणमा सुधार ल्याउने । अपाङ्गहरु कुनै न कुनै तवरले सपाङ्ग हुन्छन भन्ने धारणाको विकास गराउने । साक्षरता कार्यक्रममा सघन उपस्थीती हुने वातावरण तयार पार्ने । अपाङ्गको प्रकृती हेरी सिलाई , बुनाई होजियारी आदि जस्ता साक्षरता मुलक क्रियाकलापहरु लागु गर्ने । बनिरहेका सङ्रचनाहरु लाई अपाङ्ग मैत्री बनाउने । अपाङ्गहरुलाई साक्षरता एवं जीवन उपयोगी सिकाई पहुंच अवसर ग्रहण गर्नका लागी प्रोत्साहनका क्रियाकलापहरु लागु गर्ने । अपाङ्गहरु प्रतिको अपहेलना गर्ने वातावरणको अन्त्य गर्ने । सामाजीक आर्थीक क्रियाकलापमा अपाङ्गहरु लाई अवसर प्रदान गर्ने । अपाङ्गहरु प्रतिको सोचमा परिर्वतन गरी सिकाई क्रियाकलापमा सहभागी गराउने । यसका साथै स्थानीय स्तरमा दैनिक जीवनमा प्रयोगमा आउुने पेशागत सीप , कला आदिमा सुविधा विहिन समुहलाई सहभागीता गराउने । सुविधा विहिन समुहको साक्षरता एवं जीवन उपयोगी सिकाई पहुंच तथा अवसरमा प्रत्यक्ष असर गर्ने तत्व परमपरागत सोच , विचार , रुढिबादि सस्ंकार आदि रहेका छन । महिनावारी भएको बेला किताब छुनुहुन्न , विध्यालय जानु हुन्न आदि जस्ता कुरितिहरु विद्यमान छन ।
छोरीहरुले पढ्नु हुन्न , घरायसी काममा सघाउन पर्छ जस्ता परमपरागत सोच हावी छन । त्यस्तै महिला घर बाहिर जानु हुन्न , घरका मान्छेको सेवामा खटिनु पर्छ जस्ता रुढिबादि सोचले समाजमा मानिसहरु सुविधा विहिन बन्न पुगेका छन । यस्तो सोचाइले गर्दा साक्षरतामा पहुच विस्तार गर्न कठिन छ । यस्ता परमपरागत सोच , विचार , रुढिबादि सस्ंकार आदि लाई समय अनुसार परिमार्जन तथा परिर्वतन गर्नु पर्छ । चेलीबेटी हरुलाई शिक्षामा अग्रस्थान दिनु पर्छ भन्ने भावना जगाउने । चेलीबेटी हरुलाई व्यवसायिक क्रियाकलापमा सहभागी गराउने । जीवन उपयोगी ज्ञान, सीप र कला जस्ता क्रियाकलापमा सहभागी गराउने । अर्को महत्वपुर्ण तत्व भनेको पुर्वाग्राही सोच हो । जसले गर्दा सो कल्ड व्यक्तीहरुमात्र राज्यले उपलब्ध गराएको सेवा सुविधाहरु प्रयोग गर्ने र वास्तविक सुविधाविहिन वर्गको पहुंच बाहिर हुने गर्दछ । जस्को शक्ती उसको अवसर हुने प्रवृती हावी छ । यसबाट बाहिर आउन राजनैतिक पुर्वाग्रहको अन्त्य गर्ने । यसलाई चाडो भन्दा चाडो प्रभावकारी व्यवस्थापन गर्ने । सुविधाविहिन वर्गको पहुंच भित्रका क्रियाकलाप सञ्चालन गर्ने । देशमा सञ्चालीत सामुदायिक अध्ययन केन्द्रहरुको क्षमता विस्तार गर्ने ।
सामुदायिक अध्ययन केन्द्रहरु नभएको ठाउंहरुमा सामुदायिक अध्ययन केन्द्रहरु अनिवार्य रुपले स्थापना गरी तिनीहरुको कार्यदक्षता अभिबृद्वि गर्ने । स्थानिय सरकारले सामुदायिक अध्ययन केन्द्रहरु बाट सुविधा विहिन समुहको साक्षरता तथा जीवन उपयोगी सिकाईका क्रियाकलाप सघन रुपमा सञ्चालन गर्ने । नमुना समुदाय सिकाई केन्द्रहरु स्थापना गर्ने । सुविधा विहिन वर्गको पहुंचमा आधुनिक सुचना तथा सञ्चार प्रविधिको विकास तथा विस्तार गर्ने जसबाट विभिन्न किसमका जनचेतना मुलक साामग्रीहरुमा पहुंच पुगोस । यसका साथै सुचना प्रविधि मार्फत ज्ञान , सीप तथा व्यवसायमुलक उपयोगी पाठ प्रसारण गर्ने । नेपाल एक अथक अवसरले भरिएको देश हो । यहाँ जडिबुटि , खानी, खोला, नाला , नदी , जङ्गल, आदि प्राकृतिक स्रोत साधनले भरिपुर्ण छ । यस्तो भरिभण्डार देश भएता पनि मानिसको जीवन कष्टपुर्ण तथा सङ्घ्रषमय छ । शिक्षा क्षेत्रमा सबै व्यक्तीहरुको सामान पहुच छैन । सरकारले समय समयमा सबै लाई शिक्षाका अवसर प्रदान गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरे तापनि साक्षरता सङ्ख्या न्युन छ । विगतको तुलनामा भने अहिले आएर केहि हद सम्म सुधार भएता पनि सुविधा विहिन समुहको साक्षरता कम नै देखिन्छ ।
हाम्रो जस्तो देशमा सबै समुहलाई जीवन उपयोगी सिकाई प्रदान गर्न सकेमा सबै श्रोतको प्रभावकारी प्रयोग गरी देश समुन्नत बनाउन सहयोग पुग्छ । जुम्लाको स्याउ जङ्गलको बुटि , हिमाली क्षेत्रको यार्सागुम्बा तथा अन्य बनस्पतिलाई समयानुसार सदउपयोग गरी जीवन निर्वाह गर्न सुविधा विहिन समुहलाई साक्षरताका क्रियाकलाप हरु सञ्चालन गर्ने । यसका लागी कुन ठाउमा कस्तो किसमको व्यवसाहिक सीप आवस्यक छ भौगलीक तथा स्थलगत अध्ययन गरी सुविधा विहिन समुहलाई जीवन उपयोगी सिकाई पहुचमा अवसर बृद्वि गर्ने । सुविधा विहिन समुहको भौगलीक आवश्यक्ता पत्ता लगाई सोहि अनुसार साक्षरता तथा जीवन उपयोगी सिकाई अवसर सृजना गर्ने । सुविधा विहिन समुहमा अझै पनि परमपरागत रुढिबादि सोचले जरो गाडेकै छ । परम्परागत सस्ंकृती, चालचलन , भेषभुसा , कृषी , व्यवसाय आदि चलनचल्तीमा रहेका छन । मानिसहरुमा परमपरागत सोच हावी छ । राउटे जाती पैसा छुन नमान्ने , छोरीलाई देउकी बनाएर देउता चढाउने , कमलरी बनाएर जीवन भरी दास बनाउने आदि सामाजीक कुसंस्कार हुन । जुन सुविधा विहिन समुहको साक्षरता तथा जीवन उपयोगी सिकाईका लागी एक बाधक बनेको छ ।
यस्तो अमानविय व्यवहार हटाई पिडित सम्हलाई विभिन्न सिकाईका अवसरहरु पु¥याउने । अहिले देश संघियतामा गैसकेको तीन तहका सरकारले पुर्णता पाइसकेको अवस्थामा छ । सबै तहका सरकारले सुविधा विहिन वर्गको साक्षरता एवं जीवन उपयोगी सिकाईमा पहुंच पु¥याउन केन्द्रित हुनु पर्ने बेला आएको छ । तीन ओटै तह मिली सुविधा विहिन समुहको भौगलिक, आर्थीक , सामाजीक , शैक्षिक क्षेत्र सुधार गर्न तल्लीन हुनुपर्छ । सामाजमा भएको गरिवि, अशिक्षा , कुसंस्कार रुढिबादि परम्परामा सुधार ल्याउन जरुरी छ । अतः सुविधा विहिन समुहको साक्षरता एवं जीवन उपयोगी सिकाईमा पहुच वृद्वि गर्नका लागी राज्यले आफ्नो बजेटमा नै यस्ता समुहलाई समेटी आर्थीक , सामाजीक ,सास्ंकृतीक ,जैविक ,भौगलीक विभिधतालाई समबोधन गर्ने ।
सुविधा विहिन समुहको परमपरागत रुढिबादि सोचलाई परिमार्जन गर्ने क्रियाकलापहरु सञ्चालन गर्ने साथै सुविधा विहिन समुह आफैंले जीवन उपयोगी सिकाइ ग्रहण गर्न अग्रसर हुनुपर्दछ । विभिन्न लेख रचना प्रतिवेदन बाट प्राप्त सुझावहरुलाई कार्यान्वयनमा ल्याउने । सिकाईले प्रत्यक्ष रुपमा प्रभाव पर्ने , आर्थीक वृद्विदर गर्ने जस्ता पक्षमा जोड दिने । विभिन्न सघं सस्थाहरुले कागजी प्रतिवेदन मात्र तयार नगरी सुविधा विहिन समुहको साक्षरता एवं जीवन उपयोगी सिकाईमा पहुच वृद्वि हुने परिणाममुखी क्रियाकलाप सञ्चालन गर्ने । यी विविध क्रियाकलाप सञ्चालनसकेमा सुविधा विहिन समुहको साक्षरता एवं जीवन उपयोगी सिकाईमा पहुच वृद्वि गर्न सकिने छ । (लेखक अछामको साँफेबगर नगरपालिकाका शिक्षा अधिकृत (छठौं तह) हुन् ।)