जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो समय देखी जोगबुढा नदीको विचको भागमा माटो थुपरिएर नदीको पानीको वहाव रोकीदा बाढी बस्ति पसेको हुदा यसलाई सफाई गरिदिन सरकार संग माग गरेका छन ।
कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले जोगबुढा नदीको विचमा टापु जस्तो बनेर नदी थुनिएका कारण बाढी बस्ति पसेको हुदा यसलाई सफाई गरिदिन सरकार संग माग गरेका छन । आईतवार दोधारा चादनी नगरपालिकामा बाढीले गरेको क्षतीको अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरालाई जोगबुडा नदीले विचमा थुपारेको माटो निकाल्न सके पानी बस्ति नपस्ने हुदा यसको लागी पहल गरिदिन आग्रह गरेका हुन । बाढीको लागी अरु कोही दोसी नभएको नदीको विचमा माटो थुप्रीएर टापु वनेको हुदा बस्तिको सतह र नदीको सतह वरावर हुन गई बाढी सहजै वस्ति पसेर नोक्सान गगरेको हुदा सरकारले यसमा ध्यान दिनु पर्ने स्थानीयहरुको माग रहेको छ ।
दोधारा चादनी नगरपालिका वडा नम्वर ८ र वडा नम्वर ३ का केहि क्षेत्रको अनुगमन गर्दा जोगबुढा नदीको विचमा टापु जस्तो बनेर नदी थुनिएका कारण बाढीले बढी क्षती गरेको देखिएका कारण यसको समाधानका लागी सम्वन्धित निकायहरु संग पहल गर्ने जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहराले वताउनु भयो । साथै उहाले वस्ति धेरै लोल्यान्डमा वसेर पनी समस्या उत्पन्न भउको वताउदै यसलाई अझै उचो भागमा सार्नको् लागी समेत सम्वन्धित निकायहरु संग पहल गर्ने वताउनु भयो ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा यस वर्ष ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षाले वडा नं ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीले डुवानमा परेको कारणस्थानीयहरु विस्तापित हुन पुगेका छन भने अन्न वाली, पशु चौपाया लगायतको ठुलो क्षती समेत भएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?