मैनादेवी फाउन्डेसन, नेपाल टेलिकम र आरओनबीको संयुक्त आयोजनामा देशभर वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ।

साउन ४

जेठ महिनाको २३ गते परेको पर्यावरण महिनामा उक्त कार्यक्रमको सुरुवात भएको थियो।जेठ र असार महिना भरि देशका प्रमुख ३० शहरहरुमा ५० हजार बढी वृक्षारोपण गर्दै कार्यक्रम सम्पन्न भएको थियो।यस अभियान काठमाडौँमा ४ पटक, वुटवलमा ३ पटक, महेन्द्रनगरमा ३ पटक, झापामा २ पटक, भरतपुरमा १ पटक, हेटौडा, कपिलवस्तु, नेपालगंज, विरगंज, विराटनगर, जनकपुर, सिराहा, पोखरा , धनगढी लगाएत देशभर वृक्षारोपण आयोजना गरिएको थियो। डडेलधुराको रामारोशन गाँउपालिकामा स्थानीय सरकारको सहकार्यमा १४ हजार बढी, धनगढीमा २ हजार, महेन्द्रनगरमा २५००+, वुटवलमा ५००+, पोखरामा २०००+, झापामा ८००+, हेटौडामा ३००+, काठमाडौँमा ३०००+, ललितपुरमा २००+, विराटनगरमा २००+, भरतपुरमा २००+, नेपालगंजमा २००+, दाङको घोराही र तुल्सीपुरमा ५००+, कपिलवस्तुमा ७००+, सिराहा, जनकपुर, विरगंज लगाएत विभिन्न ठाँउ गरि समग्रमा ५०,०००+ वृक्षारोपण कार्यक्रम देशभर सम्पन्न गरेको कुरा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिनुभएको छ।हरेक शहरमा कार्यक्रम गर्दा नेपाल टेलिकम, मैनादेवी फाउन्डेसन, आरओनबी लगाएत स्थानीय संघसंस्था र विद्यालयहरुको सहकार्यमा कार्यक्रम समपन्न भएको थियो। यस अभियानको नाम हरियाली महिना रहेको थियो।यस अभियानले दिगो विकास र हरियाली प्रवर्द्वन मा सहयोग पुग्नेछ। देशभर आयोजना भएको उक्त कार्यक्रम पश्चात उक्त विरुवाहरुको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारलाई दिइएको छ भने स्थानीय सरकार पनि यस कार्यक्रम प्रति सकारात्मक देखिन्छन।मैनादेवी फाउन्डेसनले आयोजना गर्ने विभिन्न कार्यक्रममा नेपाल टेलिकमको सधै सहकार्य रहने गरेको र पर्यावरण र वातावरण संतुलन गर्न यस्ता कार्यक्रमहरु अपरिहार्य रहेको भन्दै नेपाल टेलिकम यस्ता कार्यक्रमहरुको लागि सधै प्रतिबद्व रहेको कुरा नेपाल टेलिकमका मेनेजर हरि ढकालले जानकारी दिनु भएको छ।उक्त कार्यक्रम देशभर भव्यता पुर्वक सम्पन्न भएको छ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?