वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितले भीमदत्त नगर पालिकालाई माग गरेका छन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितले वास्तविक भूमीहीन तथा सुकुम्बासी वस्तिमा उनहिरुको व्यवस्थापन विना डोजर नचलाउन आग्रह गरेका छन । स्थानीय सरकारले आफुहरुमाथि ज्यादती गरेको भन्दे सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै वाढीले देशैभरीको जनजिवन प्रभावित भईरहेका बेला केही दिन आन्दोलनको स्वरुप परिर्वतन गरेको भए पनी सरकारको ज्यादती बिरुद्धमा संघर्ष जारी रहने वताउदै भूमाफिया र नक्कली सुकुम्वाशिको विरुद्ध नगरपालिका संग सहकार्य गर्ने वताउदै वास्तविक भूमिहिन वस्तिमा डोजर चलाए प्रतिकार गर्ने चेताउनी दिएका हुन ।

वाढीले देशैभरीको जनजिवन प्रभावित भईरहेका बेला केही दिन आन्दोलनको स्वरुप परिर्वतन गरेर शान्तिपुर्ण आन्दोलन रहेको भए पनी स्थानीय सरकारको ज्यादती बिरुद्धमा संघर्ष जारी रहने समेत जानकारी गराईएको छ । भीमदत्त नगरपालिकाले आफुहरुमाथि अन्याय, अत्याचार गरेको भन्दै त्यस बिरुद्धमा आगामी दिनहरमा शसक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिदै भूमिहिन, सुकुमबासीका अगुवा आनन्द सिह धामीले भीमदत्त नगरपालिकाले हचुवाको भरमा सबैलाई अतिक्रमणबारीको संज्ञा दिदै सुकुमबासीमाथि ज्यादती गर्न खोजिएको भन्दै पालिका बिरुद्धमा संचालन गर्दै आएको आन्दोलनको स्वरुप परिर्वतन गरेर अन्य संघर्ष जारी राखिएको बताउनु भएको हो ।

महेन्द्रनगर नगर विकास पीडित संयुक्त संघर्ष समितिका अध्यक्ष महेश पन्तले भीमदत्त नगरपालिका स्थानीय सरकारले मजदुर, सुकुमबासी, भूमिहिन र खोकाछाप्रा पीडितको फर्केर ईतिहास हेर्नुपर्ने बताए । उनले २०४८, २०५३ सालदेखि यता विभिन्न मितिमा मजदुर, भूमिहिन र खोकाछाप्रा पीडितलाई जमिन दिने निर्णय नै भएकाले अहिले बस्तीमै डोजर ल्याउने काम निन्दनिय भएको बताए ।

गृह मन्त्रालयको योजना अनुरुप २२ चैत्र २०८० मा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भएको सर्बदलिय बैठकले पनि अवैध सरचना मात्रै हटाउने निर्णय गरेको थियो, उक्त निर्णयमा सबै दलले साथ दिए, तर यस अघि नगरविकास समितिले जमिन दिएका खोकाछाप्रा, मजदुर हटाउने निर्णय गरेका थिएनन, तर भीमदत्त नगरका जनप्रतिनिधी मात्तिएर खोकाछाप्रादेखि मजदुर, सुकुमबासीमाथि अन्याय गर्न थालेका छन ।

केन्द्रमा जुनसुकै सरकार भएपनि सुकुमबासी, भूमिहिन, मजदुरका हितमा संघर्ष गरिने एमाले नेता पन्तले चेतावनी दिए । कञ्चनपुर खोकाछाप्रा तथा उद्दार समितिका अध्यक्ष देवल सिह विष्टले भीमदत्त नगरका जनप्रतिनिधीले आँखा बन्द गरेर डोजर लगाएर जनताको सम्पत्ती नष्ट गरिदिएको बताए । नगरविकास समितिसंग सम्झौता गरे अनुरुप बनाएका सरचना पनि प्रतिशोध, ईगोले भत्काईदिएको दुखेसो पोखे ।

चुनावका बेला जनतासंग जनताका समस्या समाधान गर्ने बाचा गरेका भीमदत्त नगरका जनप्रतिनिधी अहिले सत्तामा पुगेर मात्तिएको भन्दै उनीहरुले अब बस्तीमा डोजर ल्याए प्रतिकारको चेतावनी दिएका छन । यता भीमदत्त नगरपालिकाले अवैध सरचना मात्रै हटाउने काम भएको र आगामी दिनहरमा समेत उक्त कार्य निरन्तर रहने जानकारी दिएको छ ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?