कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ । तर अपराधी पत्ता लाग्न भने सकेको छैन । उक्त घटना भएको ६ वर्ष बित्दा पनि प्रहरी अनुसन्धान नतिजा शून्य छ ।
विश्वकै ध्यान आकर्षण गर्ने गरि एउटा वालिकाको वलातकार पछी निर्मम हत्या भएको आज ६ वर्ष पुरा हुदा सम्म पनी प्रहरीले अपराधिलाई कानूनको कटघरामा उभ्याउन सकेको छैन । २०७५ साउन १० गते बिहान ११ बजे साथीको घरमा पढ्न हिडेकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीया बालिका निर्मला पन्तको मृत शरीर भोलिपल्ट बिहान ८ बजे भीमदत्त नगरपालिका १८ स्थित यही खोला पारीको उखू बारीमा फेला परेको थियो । उक्त घटना भएको ६ वर्ष बित्दा पनि प्रहरी अनुसन्धान नतिजाशून्य छ । निर्मलाको परिवारजनले त अब अपराधी पत्ता लाग्ला भन्ने आश नै मारिसकेका छन् । तर पनि अहिलेका गृहमन्त्री रमेश लेखक कञ्चनपुरको सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले गृहमन्त्रीले चाहेको खण्डमा अपराधि पत्ता लाग्न सक्छकी भन्ने झिनो आशामा निर्मलाको परिवारजन अझै वसेको छ ।
यस बिचमा सरकारका नेतृत्वकर्ता, राजनीतिक दलका शीर्ष नेतृत्व सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीहरुले पनि निर्मलाको हत्यारा छिट्टै पत्ता लाग्ने आश्वासन दिएका थिए । तर हत्यारा अझैसम्म पत्ता लाग्न सकेन । बरु, निर्मलाको न्यायका लागि भन्दै चर्किएको आन्दोलनकै क्रममा अर्का बालक सन्नी खुनाले पनि अनाहकमै ज्यान गुमाएका थिए भने केही व्यक्ति घाइते समेत भएका थिए । मृतक बालक सन्नी खुनाकी आमा (सौतेनी आमा) पनि पीडितले न्याय पाउनु पर्नेमा जोड दिन्छिन् ।
६ वर्षको यस अवधिमा बनेका सबै सरकारहरूले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा अनुसन्धान गरी अपराधीलाई हदैसम्मको कारबाही गर्ने आश्वासन दिदै आए पनी अहिलेसम्म कुनै ठोस नतिजा भने देखिएन । दुई दुई पटक नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री पद सम्हाल्दा रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय समेत गरेका थिए । भने सरकारबाट बाहिरिँदै गर्दा केही हप्ता अगाडि लामिछानेले अनुसन्धान नतिजा उन्मुख रही अन्तिम चरणमा रहेको दाबी गरे पनि अहिलेसम्म नतिजा भने देखिएको छैन । वास्तविक अपराधि पत्ता नलागे पनी घटना वारे अनुसन्धान भईरहेको भनेर प्रहरीले भन्दै आईरहेको छ ।
हरेक वर्ष जिल्लाका महिलाहरुले पनी निर्मलाको बाषिृक पुण्य तिथीका वेला हत्यारा पत्ता लगाउन सरकारलाई अनरोध गदै आउका छन । यस वर्ष पनी अखिल नेपाल महिला संघले कञ्चनपुर बाटै निर्वाचन जितेर गृह मन्त्री वनेका रमेश लेखकलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन बुझाउदै आफुले पदमा पुगे पछी २४ घण्टा भित्र निर्मलाको हत्यारा पत्ता लगाउने भनेर मिडियामा वोलेको कुरा पुरा गर्न अनरोध गरेका छन ।
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भइसक्दा समेत वास्तविक अपराधी को हो भन्ने पत्ता लाग्न नसक्दा प्रहरीले अत्यधिक आलोचना खेप्नु परेको छ । अहिले कञ्चनपुरकै रमेश लेखक गृह मन्त्रि भएका कारण गृह जिल्लाको त्यो जघन्य घटनाको अनुसन्धान कसरी गर्छन त्यो भने हेर्न बाकी नै छ ।