पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर – पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ ।

सोमवार मैनादेवी फाउन्डेसन, नेपाल टेलकम, रुटिन अफ नेपाल बन्दको आयोजना तथा नागार्जुन इंङ्गलिस बोर्डिङ स्कुल तिलाचौरको सहकार्यमा कञ्चनपुरको धार्मिक पर्यटकीय स्थल भम्केनी धाम तथा नागार्जुन मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।

पर्यावरण संरक्षण गर्दै हरियाली बनाउने लक्ष्यका साथ विभिन्न फलफूलका बिरुवाहरू रोपिएको नागार्जुन इंङ्गलिस बोर्डिङ स्कुल तिलाचौरका सञ्चालक भवान सिह विष्टले बताएका छन्। प्रकृतिले हामीलाई धेरै कुरा दिन्छ तर हामीले प्रकृतिलाई केही दिन नसके पनि पर्यावरण संरक्षणका लागी केही गरौँ भन्ने उद्देश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको उनको भनाई रहेको छ।

देशको हरियाली भविष्य र हाम्रो स्वस्थ जीवनको लागी सबैले आआफ्नो क्षेत्र बाट रूख रोपेर प्रकृतिलाई जोगाउनु पर्छ भन्दै अमला, अम्वा, कागती, कोइरालो लगायतका  दुई सय वटा   बिरुवाहरू रोपिएको बताइएको छ ।

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?