गालीगलाैजमै उत्रिए ओली: प्रचण्ड, देउवा र लेखककाे आलोचनामा बिताए समय

कञ्चनपुर, १८ कार्तिक
शुक्रबार एमाले कञ्चनपुरले महेन्द्रनगर खुला मञ्चमा चुनावी सभा आयोजना गरेको थियो । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पत्नीसंगै लिएर चुनावी सभामा आएका थिए । मञ्चमा एमाले नेता कार्यकर्ता स्वतस्पूर्ति, केही बाध्यता र रहरले आएका थिए, अन्य दलका नेता कार्यकर्ता पनि ओलीका उखान टुक्का सुन्न आएका थिए । तर, ओलीले झण्डै एक घण्टा गरेको भाषण गाली गर्नमै ठिक्क रह्यो । अरुलाई गाली र खिसिट्यान गर्न समान्यता मानिस हाँस्छन । पुर्व प्रधानमन्त्री समेत भईसकेका एमाले अध्यक्ष ओलीको भाषण शुरुवातदेखि अन्त्यसम्म फरक दलका नेतामाथि संस्थागत होईन व्यक्तिगत गाली गर्नकै ठिक्क रहे । शुरुवातमै नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई र उनको परिवार आफन्तलाई गालीगर्नबाट भाषण शुरु गरे । ०७५ सालमा नेकपा माओवादी र एमाले एकता भई नेकपा हुँदा तिनै प्रचण्डको आशिर्वादमा प्रधानमन्त्री र त्यस अघि पनि प्रचण्डकै आशिर्वादमा प्रधानमन्त्री भएका ओलीले प्रचण्डले लगाएको गुन क्षणभरमै बिर्सिए, माओवादी आन्दोलन, संघर्ष, बलिदानको खिल्ली उठाए । सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै ६नेताका मुख ६ तिर भन्ने भ्याए, तर एमालेले कट्टरराजावादी मधेशबिखण्डनकारी दलसंग चुनावी गठबन्धन गरेको बिर्सिए । पुर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति २४ लाख कोरोना डोज भ्याक्सिन बराबरको २सय ४५ करोड झ्वाम पारेको आरोप लगाए, आफै नेता गोकूल बाँस्कोटाले सेक्युरेटरी प्रिन्ट खरिदमा ७० करोड रुपैया भ्रष्टाचार काण्ड अडियो प्रकरणमा चुपचाप रहे । माओवादीबाट प्रवेस गरेका लेखराज भट्ट एकै मञ्चमा हुँदा समेत माओवादी आन्दोलन र नेतामाथि भरपुर गाली गलैच खिसिट्याउमा उत्रिए ।
प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेर बहादुर देउवाप्रति आरोपको भारी बोकाउँदै देउवाले सुपमा आगिक क्याम्पस ल्याउन नसकेको र आफुले ल्याएको भन्दै सफेद झुट बोलेको काँग्रेस नेताको टिप्पणी छ । ‘मैल डडेल्धुरामा विद्युत सवस्टेशन लग्दा कालो झण्डा देखायो, भन्ने ओलीको भाषणमा काँग्रेसले ओली प्रधानमन्त्री हुनु अवागै डडेल्धुरमा विद्युत विस्तार भईसकेको थियो । आफु पटक पटक प्रधानमन्त्री हुँदा महाकाली सन्धी अनुरुप दोधाराचाँदनीले पाउने १५०क्युसेक पानी अहिलेसम्म उपलब्ध हुन नसकेको तर आफुले पहल गरेको बताए । प्रचण्ड सरकारका पालामा दोधाराचाँदनी सुख्दा बन्दरगाह र देउवा सरकारका पालामा हुलाकी राजमार्ग, महाकाली पुल आयोजना अघि ल्याएको बताएपनि स्वयम प्रधानमन्त्री देउवाले महाकाली पुलको शिलान्यास र हुलाकी राजमार्गको शिलान्यास काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले गरेका थिए । ओलीले गेटा मेडिकल कलेज डडेल्धुरा लगेको आरोप लगाएतर, गेटा मेडिकल कलेज कैलालीमै छ । काँग्रेसका नेताहरुलाई श्रीमतीलाई टिकट दियो भन्दै आरोप लगाउने ओलीले आफ्नै नेता भीम रावलको एकल सिफारिस लत्याउँदै टिकट खोसेको झमम्क भुले । एमसीसीमा एमालेको साथसर्मथन रह्यो, तर ओलीले गठबन्धन सरकारलाई सोध्न आग्रह गरे । कञ्चनपुर क्षेत्र ३लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकप्रति खिसिट्याउँ गर्दै तपाईले निरुपाललाई चिन्नुभएको छैन, नचिने ४मसिरपछि थाहा पाउँछौँ भन्दै सिधासिधा बालहट जस्ता जिदी गरे । यसरी पटक पटक मन्त्री, प्रधानमन्त्री जिम्मेबार पार्टीका प्रमुख नेताले राजनीतिक सस्कार, शिष्टाचार सीमा नाघेर फरक दल, पक्ष बिरुद्धमा आरोप गाली, खिसिट्याउले स्वयम क्षण भरमा सुन्ने बाहेक एमालेका लागि घात गरेर गएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?