म गाउँले पाखे

रबिन्स ओझा

म गाउँले हु र जो कोई ले नि गाउँले भनेर बोलाएको मलाई मन पर्छ । सहरमा मेरो उपस्थितलाई कदर, सम्मान, इज्जत दिने भन्दा पनि गाउँले पाखे को संज्ञा दिएर बदनाम गर्नेहरु धेरै भेट्छु तर महोदय हजुरहरुलाई धन्यवाद ! तपाइँहरुको घृणा मेरो लागि प्रेरणा र मातृभूमि प्रती मेरो माया देखाउन सम्झाउने एउटा असल माध्यम हुन पुग्छ , त्यसैले मलाई अझै गाउँले को नामले पुकार्नुहोला ।

तपाईंको सहरमा चिल्लो कारहरू चढ्ने , कालो कोट ,दाउरा , सुरुवालमा सजित नेपाली ढाका टोपी अथवा कालो भादगाउँले टोपी शिरमा राखेर नेपाली पहिरन लगाएका नेता ज्युहरु प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्री मण्डलको बास हुन्छ होला , कुनै भवनको बाहिरपट्टि अदालत लेखिएका भवनहरु छन होला , सत्य सेवा सुरक्षणम् लेखिएका प्रहरी चौकीहरु नि छन होला , मनलाई अरिङ्गालको गोलो झैँ बनाएर मुखले पबित्र माहुरीको मह जस्ता कुरा गर्ने तपाईंले सम्मान गर्ने प्रतिष्ठित ब्यक्ती हुनुहुन्छ होला , एउटा कृत्रिम साधनको प्रयोग गरेर क्षणिक रमाइलो दृश्य बनाएको ठाउँ नि छन होला र होलान मोबाइल र ल्यापटपमा सबै समय खर्च गरेर परिवारको माया सामाजिक सञ्जालबाट लिनेहरु र उचित सत्यता बाट बञ्चित जस्को आवश्यकता सबैलाई पर्छ ।

तर महोदय जुन नेताले समय समयमा निर्णय बद्लेर हामी सबैको पसिना र मेहनतको राजस्वलाई खर्च गरेर आफ्नो सबै बाचाहरु बिर्सेर हाम्रो र हाम्रो भविस्यको उन्नतिका लागि काम न गरि उल्टै दुई शब्दको हावा भाषण जस्ले हामी सबै सिधा सोझा जनतालाई फकाउन मद्दत गर्छ उनिहरु त्यसै तुच्छ कार्य सम्पन्न गर्न लाखौं पैसा खर्च गरेर हाम्रै अगाडि राजाको झैं हेलिकप्टरबाट सवारी गर्ने तर समाजमा भएको अत्याचार , हत्या , हिंसा जस्ता अमानवीय क्रियाकलापको बारेमा बहस गर्न उचित नमान्ने नाम मात्रैको नेता त्यस्तो सरकार भएको ठाउँ चाहिदैन मलाई , भवनको बाहिर न्यालय अदालत लेखिएको तर एउटा देशब्यापी रुपमा थाहा भइ सबैले न्याय मागेको ३ करोड जनताको माग एउटा निर्मला पन्त बहिनीको १३ बर्षको कलिलो उमेरमा गरिएको बलात्कार पछि हत्या जो सोच्दा समेत अमानवीय अकल्पनीय तर कुनै मान्छेको भेषमा पशु समानले घटाइदियो उक्त घटना जस्तै अरु थुप्रै एसिडको घटना थुप्रै बलात्कारको घटना अझ थुप्रै दिन(प्रतिदिन थपिदै गएको हत्याहिंसाको घटनाको ठोस कुरामा ध्यानकेन्दृत नहुने अलि ठूलो पदमा पुगेका नेताहरु बाहेकका अरु जनतालाई शान्ति शुरक्षाको आभास दिलाउन नसक्ने दोषीलाई कारबाहीको घेरामा न ल्याएर निर्दोशिलाई दोषी साबित गरि असत्यको पक्षमा साथ दिइरहेको नाम मात्रैको अदालत र नारा मात्रै सत्य सेवा सुरक्षणम् भएको सुरक्षाकर्मीको पोस्ट भन्ने शब्द पनि देख्न र सुन्न न परोस् ।

यस्तो सहरमा बस्नु भन्दा त गरिब भए पनि मन ठूलो भएका एकआपसमा मिलिजुली बस्ने पुरै गाउँघरलाई एउटै सिङ्गो परिवार समान ठान्ने प्राकृतिक रुपमा सौन्दर्यात्मक दृश्यलाई अबलोकन गर्न सकिने मेरो गाउँ नै ठिक छ मलाई बन्नु छैन सहरिया बोक्नु छैन मोबाइल अनि ल्यापटप म भावनात्मक रुपमा मेरो परिवार सङ्ग मायाप्रेम साट्न चाहान्छु ती दुष्ट पापीहरु हत्यारालाई देख्नु छैन कसैको बारेमा पत्ता लागाउनु छैन कसैको बारेमा समाचार सुन्नु छैन त्यसैले दुर्गम बस्ती नै मेरो लागि स्वर्ग छ मेरो लागि प्यारो छ म गाउँले पाखे नै ठिक छुँ ।

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?