नेपालि काग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्रि एनपि साउदले अहिलेको गठवन्धनको सरकार आगामी निर्वाचनमा मिलेर जाने वताउनु भएको छ ।
शुक्रवार प्रेस युनियन कञ्चनपुर द्धारा आयोजित पत्रकार सम्मेलनमा वोल्दै नेता साँउदले गठवन्दन बाट सरकार सञ्चालन भईरहेको हुदा आगामी निर्वाचनमा मिलेर जाने वताएका हुन । ‘पार्टीले आधिकारिक धारण वनाई सकेको छैन, उनले भने ‘तर हामी कसरी संग संगै जाने र गठवन्धनलाई मजवुत वनाउने भन्ने वारे छलफमा छौं’ । पत्रकारहरुले सोधेको प्रस्नको उत्तर दिदै नेता साउदले विगतमा नेकपाको सरकारले निर्मला हत्याकाण्डमा प्रमाण मेटाउने देखी हत्यारा पत्ता लगाउन समेत नसकेको बतउनु भयो । ‘नेकपाको दुई तिहाईको सरकार थियो तर उसले हत्यारा पत्ता लगाउनुको सट्टा प्रमाण नष्ट गर्न भुमिका खेल्यो, उनले भने ‘अहिले समेत दोषि पत्ता लगाउन प्रहरि लागिरहेको छ ।’
दुई तिहाईको सरकार हुहा पनी भुमिहीनको समस्या समाधान गर्न नसकेको भन्दै नेता साउदले अव छिटै भुमिहीन लाई जग्गाको मालिक वनाउने समेत दावी गरे । वास्तविक सुकुम्वासिलाई जग्गा दिन वर्तमान सरकार लागिपरेको भन्दै नेता सावदले आफै वन मन्त्रालयमा डेलिगेसन गएर समस्या समाधानका लागी पहल गरेको समेत वताउनु भयो ।
भर्खरै सम्पन्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीमा दावि गरेका नेता सावदले अन्तिम समयमा केन्द्रीय सदस्यमा भारि मतले निर्वाचित भएका थिए ।

ताजा खबर

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी महेन्द्रनगर ०९ जेठ । कञ्चनपुरको एक सरकारी विद्यालय...

कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरका डिभिजन वन कार्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?