नेपालि काग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्रि एनपि साउदले अहिलेको गठवन्धनको सरकार आगामी निर्वाचनमा मिलेर जाने वताउनु भएको छ ।
शुक्रवार प्रेस युनियन कञ्चनपुर द्धारा आयोजित पत्रकार सम्मेलनमा वोल्दै नेता साँउदले गठवन्दन बाट सरकार सञ्चालन भईरहेको हुदा आगामी निर्वाचनमा मिलेर जाने वताएका हुन । ‘पार्टीले आधिकारिक धारण वनाई सकेको छैन, उनले भने ‘तर हामी कसरी संग संगै जाने र गठवन्धनलाई मजवुत वनाउने भन्ने वारे छलफमा छौं’ । पत्रकारहरुले सोधेको प्रस्नको उत्तर दिदै नेता साउदले विगतमा नेकपाको सरकारले निर्मला हत्याकाण्डमा प्रमाण मेटाउने देखी हत्यारा पत्ता लगाउन समेत नसकेको बतउनु भयो । ‘नेकपाको दुई तिहाईको सरकार थियो तर उसले हत्यारा पत्ता लगाउनुको सट्टा प्रमाण नष्ट गर्न भुमिका खेल्यो, उनले भने ‘अहिले समेत दोषि पत्ता लगाउन प्रहरि लागिरहेको छ ।’
दुई तिहाईको सरकार हुहा पनी भुमिहीनको समस्या समाधान गर्न नसकेको भन्दै नेता साउदले अव छिटै भुमिहीन लाई जग्गाको मालिक वनाउने समेत दावी गरे । वास्तविक सुकुम्वासिलाई जग्गा दिन वर्तमान सरकार लागिपरेको भन्दै नेता सावदले आफै वन मन्त्रालयमा डेलिगेसन गएर समस्या समाधानका लागी पहल गरेको समेत वताउनु भयो ।
भर्खरै सम्पन्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीमा दावि गरेका नेता सावदले अन्तिम समयमा केन्द्रीय सदस्यमा भारि मतले निर्वाचित भएका थिए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?