शुक्लाफाँटा–०७ मा राप्रपा वडा कमिटीको अध्यक्षमा वडु

तपेन्द्र बिष्ट
कञ्चनपुर ०६ चैत ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–०७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटी पुर्नगठन गरेको छ । बुधबार शुक्लाफाँटा नगरपालिका –०७ मा बहादुर ऐरको अध्यक्षतामा कमिटी चयन गरेको हो । धर्मानन्द बडुको अध्यक्षतामा २१ जना सदस्यीय कमिटी गठन गरिएको छ ।
बहादुर ऐरको अध्यक्षतामा प्रमुख अतिथी राप्रपा सह–प्रवक्ता तथा केन्द्रीय सदस्य पूर्ण बहादुर चन्द रहेका थिए भने बिशिष्ट अतिथी सुप प्रदेश सदस्य जित बहादुर भण्डारी, क्षेत्र नं.०२ का क्षेत्रिय अध्यक्ष बम बहादुर बम र अतिथि राप्रपा महिला केन्द्रीय सदस्य लक्ष्मी चन्द सिह, नगर अध्यक्ष हिक्मत रतोकी, राप्रपा युवक संगठनका केन्द्रिय सदस्य तपेन्द्र बिष्ट, ललित हमाल लगायतका वडा, नगर कमिटी सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
उक्त वडा अधिवेशनबाट उपाध्यक्षमा गजेन्द्र बहादुर धानुक, मान बहादुर ठगुन्ना, गौरा भट्ट, सचिव गज बहादुर चन्द, सह–सचिव हिरा बिष्ट भण्डारी, कोषाध्यक्ष जित बहादुर महरा रहेका छन् भने सदस्यहरुमा लाल सिंह ढुंगाल, पुस्कर सिंह, मनिराज जोशी, बहादुर सिंह ऐर, मिन बहादुर धानुक, मान बहादुर बोहरा, शंकर धामी, धनपती भट्ट, मदन सिंह धामी, जालपा देवी सिंह, गौर सिंह बोहरा, चन्द्र देव जोशी, भुवनेश्वरी चन्द पनेरु, जित सिंह भण्डारी सर्वसम्मत चयन भएका छन । राप्रपा केन्द्रीय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको कञ्चनपुर जिल्ला क्षेत्र नं. ०२ का क्षेत्रीय अध्यक्ष बम बहादुर बमले जानकारी दिएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?