महेन्द्रनगरमा सरकारको दमन शैलिको विरोध गर्दै मोटरसाईकल ¥याली

महेन्द्रनगर २३ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा सरकारको दमन शैलिको विरोध गर्दै मोटरसाईकल ¥याली निकालेको छ ।
शनिबार राप्रपा कञ्चनपुरले आफ्नो नेता तथा कार्यकर्ताको विनासर्त रिहाईको माग राख्दै विरोध स्वरुप महेन्द्रनगरमा मोटरसाईकल ¥याली निकालेको हो ।
यहि चैत १५ काठमाण्डौँ तिनकुनेमा राजावादी समुहको आन्दोलनमा हिन्सा भड्काएको भन्दै प्रहरीले राप्रपा बरिष्ठ नेता रविन्द मिश्र र महामन्त्री धबलसमसेर जबरा रिहाईको माग अघि सारेर आन्दोलन स्वरुप मोटरसाईकल ¥याली निकालेको राप्रपा कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताएका छन ।
उक्त आयोजित मोटरसाईकल ¥याली सरकारले दमन गरेपछि दवावमुलक निकालेको बताउदै महेन्द्रनगरको खुला मञ्चदेखि शुरु भएको ¥याली बजार क्षेत्रको परिक्रमा गरी कोणसभा गरेको बताए ।

उक्त मोटरसाईकल ¥यालीपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले ’यो भ्रष्टचारी सरकारको कार्यशैलीबाट नेपाली जनतामा निराश भईसकेको तानाशाहि प्रवृतिको विकल्प राजसंस्था भएकोले अव राजसंस्था,हिन्दुराष्ट्र कायम गर्न आन्दोलनको माध्यमबाट सडकबाट जनविद्रोह गर्नु पर्ने अवस्था आएको छ’ भन्दै आफ्नो धारणा राखेका थिए । प्रदेश अध्यक्ष जोशीले राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न शान्तिपूर्ण आन्दोलनको घोषणा भईसकेको र शान्तिपूर्ण आन्दोलनलाई हिंसातिर लैजान खोजेपछि यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन ।

राष्ट्रिय संयुक्त जनआन्दोलन परिचालित समितिका प्रवक्ता तथा बरिष्ठ अधिवक्ता स्वागत नेपालले ’महेन्द्रनगरको नाम भीमदत्तनगर जवरजस्ती लाध्न खोजिएको भएपनि आजैको मितिबाट यस ठाउँको नाम महेन्द्रनगर नै भएको घोषणा गरे’ भन्दै यहि चैत १५ गतेको काठमाडौमा भएको आन्दोलनमा षडयन्त्र पूर्वक सरकार पक्षले शान्तिपूर्वक भएको आन्दोलनलाई बिथोलेर तुहाएको भन्ने हल्ला चलेपनि यस कुराबाट निराश नहुन भन्दै राजसंस्था र हिन्दुराष्ट्र लगायतको माग राख्दै बिषेश आन्दोलनको मिति घोषणा हुने बताउदै उक्त दिनको पर्खाईमा तयार भएर बस्न सबैलाई आग्रह गरेका थिए ।
यसैगरी राप्रपाका केन्द्रिय सदस्य तथा संगत संस्कृति संयोजक पुष्पराज पुरुषले निशेधित राजनितिको आयु समाप्त हुने दिन आईसकेको र राजसंस्था स्थापनाको साथै धर्म संस्कृति जोगाउन सबै जनसमुदायले एकजुट हुने समय आएको औल्याउदै भ्रष्टाचारी सरकारको विरुद्धमा आवाज उठाउन आग्रह गरे ।
यस्तै उक्त मोटरसाईकल ¥यालीमा प्रधानमन्त्री र गृहमन्त्रीको दमनकारी शैलिको बिरुद्धमा नाराबाजी लागेको थियो जसमा राप्रपा एंव हिन्दुवादी नेता कार्यकर्ताहरुको वृहत सहभागिता रहेको थियो ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?