महेन्द्रनगरमा सरकारको दमन शैलिको विरोध गर्दै मोटरसाईकल ¥याली

महेन्द्रनगर २३ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा सरकारको दमन शैलिको विरोध गर्दै मोटरसाईकल ¥याली निकालेको छ ।
शनिबार राप्रपा कञ्चनपुरले आफ्नो नेता तथा कार्यकर्ताको विनासर्त रिहाईको माग राख्दै विरोध स्वरुप महेन्द्रनगरमा मोटरसाईकल ¥याली निकालेको हो ।
यहि चैत १५ काठमाण्डौँ तिनकुनेमा राजावादी समुहको आन्दोलनमा हिन्सा भड्काएको भन्दै प्रहरीले राप्रपा बरिष्ठ नेता रविन्द मिश्र र महामन्त्री धबलसमसेर जबरा रिहाईको माग अघि सारेर आन्दोलन स्वरुप मोटरसाईकल ¥याली निकालेको राप्रपा कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताएका छन ।
उक्त आयोजित मोटरसाईकल ¥याली सरकारले दमन गरेपछि दवावमुलक निकालेको बताउदै महेन्द्रनगरको खुला मञ्चदेखि शुरु भएको ¥याली बजार क्षेत्रको परिक्रमा गरी कोणसभा गरेको बताए ।

उक्त मोटरसाईकल ¥यालीपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले ’यो भ्रष्टचारी सरकारको कार्यशैलीबाट नेपाली जनतामा निराश भईसकेको तानाशाहि प्रवृतिको विकल्प राजसंस्था भएकोले अव राजसंस्था,हिन्दुराष्ट्र कायम गर्न आन्दोलनको माध्यमबाट सडकबाट जनविद्रोह गर्नु पर्ने अवस्था आएको छ’ भन्दै आफ्नो धारणा राखेका थिए । प्रदेश अध्यक्ष जोशीले राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न शान्तिपूर्ण आन्दोलनको घोषणा भईसकेको र शान्तिपूर्ण आन्दोलनलाई हिंसातिर लैजान खोजेपछि यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन ।

राष्ट्रिय संयुक्त जनआन्दोलन परिचालित समितिका प्रवक्ता तथा बरिष्ठ अधिवक्ता स्वागत नेपालले ’महेन्द्रनगरको नाम भीमदत्तनगर जवरजस्ती लाध्न खोजिएको भएपनि आजैको मितिबाट यस ठाउँको नाम महेन्द्रनगर नै भएको घोषणा गरे’ भन्दै यहि चैत १५ गतेको काठमाडौमा भएको आन्दोलनमा षडयन्त्र पूर्वक सरकार पक्षले शान्तिपूर्वक भएको आन्दोलनलाई बिथोलेर तुहाएको भन्ने हल्ला चलेपनि यस कुराबाट निराश नहुन भन्दै राजसंस्था र हिन्दुराष्ट्र लगायतको माग राख्दै बिषेश आन्दोलनको मिति घोषणा हुने बताउदै उक्त दिनको पर्खाईमा तयार भएर बस्न सबैलाई आग्रह गरेका थिए ।
यसैगरी राप्रपाका केन्द्रिय सदस्य तथा संगत संस्कृति संयोजक पुष्पराज पुरुषले निशेधित राजनितिको आयु समाप्त हुने दिन आईसकेको र राजसंस्था स्थापनाको साथै धर्म संस्कृति जोगाउन सबै जनसमुदायले एकजुट हुने समय आएको औल्याउदै भ्रष्टाचारी सरकारको विरुद्धमा आवाज उठाउन आग्रह गरे ।
यस्तै उक्त मोटरसाईकल ¥यालीमा प्रधानमन्त्री र गृहमन्त्रीको दमनकारी शैलिको बिरुद्धमा नाराबाजी लागेको थियो जसमा राप्रपा एंव हिन्दुवादी नेता कार्यकर्ताहरुको वृहत सहभागिता रहेको थियो ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?