नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी
महेन्द्रनगर १० जेठ ।
कञ्चनपुरको महेन्द्रनगरमा सुविधा सम्पन्न नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लिको शाखा सञ्चालनमा आएको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गर्दै उक्त ल्यावको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननिय मेघराज खड्काले उद्दघाटन गर्नु भएको छ । “सम्पुर्ण परिक्षण तथा प्रयोगशाला सेवा अब स्वदेशमै’’ भन्ने मुल नाराको साथमा उक्त ल्याव संचालनमा आएको हो ।
प्याथ ल्यावका अध्यक्ष रुद्र कार्कीले विगत १३ वर्षदेखी देशका विभिन्न क्षेत्रमा ल्यावको संचालन गर्दैगर्दा शनिबार महेन्द्रनगरमा १२ औ ल्यावको विधिवत् रुपमा उद्घाटन गरी संचालनमा ल्याएको बताउनु भयो ।
आफुपनि स्वास्थ्यकर्मी भएको नाताले नेपालमा सबै प्रकारका जाँचहरु नहुने बाहिर पठाउनु पर्ने समस्या रहेको अवस्थामा अहिले नेशनल प्याथ ल्यावले अब देशमा सबै परिक्षण गरी सेवा दिने बताउनु भयो ।
नेशनल प्याथ ल्यावका प्रबन्ध निर्देशक पवन जोशीले विगत १२ वर्षदेही यही क्षेत्रमा रहेको यो नेशन प्याथ ल्याव २ वटा ए गे्रडका र १० वटा बी गे्रडका प्याथ ल्याबबाट सेवा दिई रहेको बताउनु भयो । यो प्याथ ल्यावले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्विकृत प्राप्त गरेको ल्याव रहेको र स्वास्थ्यलाई अतिआवस्यक पर्ने जाँचहरु १ देखी २ भण्टा भित्रै रिपोर्ट प्रदान गर्नेगरी सेवा दिने बताउनु भयो । साथै उहाँले विरामीहरुको जिवन जोगाउनका लागि गुणस्तरिय रिपोर्ट सहुलियत दरमा समयमा प्रदान गर्ने गरी सेवा दिने बताउनु भयो ।
साथै उक्त प्याथ ल्यावले प्रत्येक महिनाका तिनदिन निशुल्क रुपमा सुगर, मृगौला सम्बन्धि जाँच पनि गरिरहेको बताउनु भयो ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?