विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविको अपिल, वैकल्पिक विधिबाट पढाइ र परीक्षा

त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पर्कमा आउन विद्यार्थीलाई अपिल गरेको छ।उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन्।

‘सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ उनले भनेका छन्।

 

रोकिएका कक्षा पनि वैकल्पिक माध्यमबाट सुचारू हुने त्रिविले बताएको छ।

कोरोनाभाइरसको दोस्रो लहरपछि त्रिविमा भौतिक उपस्थितिमा विद्यार्थीलाई पठनपाठन गरिएको छैन।

गत वर्ष पनि कोरोना महामारीका बेला त्रिविले भर्चुअल माध्यमबाट नै पठनपाठनको व्यवस्थापन गरेको थियो।

कोरोना संक्रमितको संख्या घटेपछि विद्यार्थीलाई भौतिक उपस्थिति गराएरै त्रिविले परीक्षा तथा पठनपाठन सुरू गरेको थियो।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?