विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविको अपिल, वैकल्पिक विधिबाट पढाइ र परीक्षा

त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पर्कमा आउन विद्यार्थीलाई अपिल गरेको छ।उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन्।

‘सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ उनले भनेका छन्।

 

रोकिएका कक्षा पनि वैकल्पिक माध्यमबाट सुचारू हुने त्रिविले बताएको छ।

कोरोनाभाइरसको दोस्रो लहरपछि त्रिविमा भौतिक उपस्थितिमा विद्यार्थीलाई पठनपाठन गरिएको छैन।

गत वर्ष पनि कोरोना महामारीका बेला त्रिविले भर्चुअल माध्यमबाट नै पठनपाठनको व्यवस्थापन गरेको थियो।

कोरोना संक्रमितको संख्या घटेपछि विद्यार्थीलाई भौतिक उपस्थिति गराएरै त्रिविले परीक्षा तथा पठनपाठन सुरू गरेको थियो।

ताजा खबर

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?