युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा
कञ्चनपुर, पुष १०
आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुदैछ । वाणिज्य संघको १८औँ नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको हो । कोषाध्यक्ष पदाधिकारी पदमा यस अघि सदस्यको जिम्मेबारी पुरा गरेको युवा व्यवसायी प्रदिप पाल पदाधिकारीको दौडमा छन ।
पाल कञ्चनपुर उद्योग वाणिज्य सघको कोषाध्यक्ष पदको दौडमा छन । यस अघि ०७९ सालमा सम्पन्न भएको १७ औँ कार्य समिति चयनका लागि भएको निर्वाचनमा पाल निर्बिरोध सदस्यमा निर्वाचित भएका थिए । बाबु मान बहादुर पालको परम्परागत व्यवसाय सम्हालेका पालले ०७० सालदेखि आफ्नै निजी एकल व्यवसायमा जुटेका छन । प्रदिप टे«र्डस एण्ड सप्लार्यसका संचालक समेत रहेका युवा व्यवसायी पालले केही बर्ष अघि डोटीको विपिनगरको अदुवा भारतीय बजारमा पु¥याएका थिए । उनले सम्र्पूण व्यवसायीहरुको हकहितनका साथै कोष बलियो बनाएर संकटमा पर्ने व्यवसायीहरुको समाजिक सुरक्षा एव राहतका लागि कार्यक्रम गर्ने गराउने बताए । पालले संघमा साना व्यवसायीहरुको प्रतिनिधित्व सहित जिल्लाको उद्योग, व्यवसायका क्षेत्रमा दीर्घकालिन कामकाज गर्ने प्रतिबद्धता अघि सारेका छन ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?