‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २०
कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी–२०८२ सम्पन्न भएको छ।
कला, संस्कृति र सभ्यता संरक्षणको उद्देश्यसहित मानसखण्ड गुरुकुलले आयोजना गरेको यस कार्यक्रममध्ये नेपाल र भारतका विभिन्न राज्यका कवि, साहित्यकार तथा सर्जकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम लिटिल बुद्ध एकेडमीमा सम्पन्न भयो, जसले कुमाउँ–गढवाँल तथा भारतका अन्य राज्यमा रहेका प्रतिभा र नेपालका विभिन्न जिल्लाका साहित्यकारहरूबीच सिर्जनाको आदान–प्रदान गराउने तथा हराउँदै गएको भाषा–साहित्यप्रति नयाँ पुस्ताको चासो बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
उद्घाटन सत्र सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा परम्परागत शैलीका सांस्कृतिक नृत्य, बाजा र अन्य कला प्रस्तुत गर्नुपरेको थियो, जसले स्थानीय संस्कृतिको संरक्षणमा जोड दिएको आयोजकले बताएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम गर्दै आएका मानसखण्ड गुरुकुलका सञ्चालक हेमबाबु लेखकका अनुसार यो कार्यक्रम सुदूरपश्चिम विश्वविद्यालय र लिटिल बुद्ध एकेडमीको प्रवद्र्धनमा आयोजना गरिएको हो। कार्यक्रममा नेपाल भारतका श्रष्टाहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?