उपत्यकामा ठूला आइसोलेसन केन्द्र

काठमाडौँ, जेठ ११ गते । कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास विभागको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा एकीकृत आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ ।
टोखा नगरपालिकाको सामाखुसीस्थित राधास्वामीको भवनमा एकीकृत आइसोलेसन सेन्टर भने गत शुक्रबारदेखि सञ्चालनमा आइसकेको छ । उपत्यकाका १८ वटा नगरपालिकालाई पायक पर्ने चार स्थानमा ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ससाना आइसोलेसन केन्द्र सञ्चालन गर्दा पर्याप्त जनशक्ति र स्वास्थ्य पूर्वाधार अभाव हुने, साथै बिरामी जोखिममा पर्ने भएकाले कम क्षमताका आइसोलेसन केन्द्र सञ्चालन नगर्न सरोकारवालालाई आग्रह गरेको थियो । मन्त्रालयको यो आग्रहसँगै फोरमले धेरै बिरामी अट्ने क्षमताका एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्न लागेको हो । देशभर रहेका एक लाखभन्दा बढी सक्रिय सङ्क्रमितको आधा सङ्ख्या उपत्यकामै छ ।
प्रमुख श्रेष्ठले भन्नुभयो, “ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्दा ससाना आइसोलेसनमा खर्च गरिरहनु नपर्ने, आइसोलेसनको भौतिक, स्वास्थ्य पूर्वाधार र जनशक्तिसमेत व्यवस्थापन गर्न सहज हुने भएकाले उपत्यका नगरपालिका फोरमले सामूहिक रूपमा आइसोलेसन सञ्चालनको लागत बेहोर्न लागेको हो ।”
आइसोलेसन सेन्टर निर्माण र सञ्चालनको कुल लागतमध्ये काठमाडौँ महानगरपालिकाले ३४ प्रतिशत र ललितपुर महानगरपालिकाले १६ प्रतिशत बेहोर्नेछन् भने बाँकी ५० प्रतिशत लागत अन्य १६ नगरपालिकाले बेहोर्ने गरी लागत साझेदारी हुने भएको छ । लागत उपत्यका नगरपालिकाले बेहोर्ने भए पनि व्यवस्थापकीय कार्यमा भने नेपाल सरकार, नेपाली सेना र प्रहरीसँग सहकार्य गरिनेछ ।
उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो, “उपत्यकामा थोरै शøया भएका आइसोलेसन त सबै नगरपालिकाले आ–आफ्नै नगरपालिकाभित्र निर्माण गरेका छन् । उपत्यकामा साझा आइसोलेसन नभएकाले एकीकृत आइसोलेसनको प्रक्रिया अगाडि बढाइएको हो ।”
आइसोलेसनमा एम्बुलेन्स, चिकित्सक, नर्सलगायतका जनशक्ति र स्वास्थ्य पूर्वाधार तयारी गर्ने योजना बनाइएको छ । आवश्यक स्वास्थ्य र भौतिक पूर्वाधारसहितको एकीकृत आइसोलेसनमा कोरोना सङ्क्रमण अन्त्य भइसकेपछि अन्य प्रयोजनका लागि पनि उपयोग गर्ने गरी एकीकृत आइसोलेसन निर्माण गर्न लागिएको हो ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?