हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी
कञ्चनपुर, २०मंसिर
हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुन देवराज मिश्र चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ कञ्चनपुरको १२औँ साधारण सभा एव अधिवेशनबाट अध्यक्षमा पुन मिश्र चयन भएका हुन । अधिवक्ता समेत रहेका निर्वाचन अधिकृत हरि प्रशाद जोशीले निर्बिरोध कार्य समिति चयन गरिएको बताए ।
उनका अनुसार बरिष्ठ उपाध्यक्ष बसन्तराज जोशी, प्रथम उपाध्यक्ष जनक भण्डारी, द्वितिय उपाध्यक्ष मदनराज भट्ट, महासचिव रामदत्त भट्ट, सचिव राजेन्द्र प्रशाद भट्ट, कोषाध्यक्ष प्रकास भट्ट, सहकोषाध्यक्ष दिनेश चन्द, सदस्य सुरेन्द्र सिह साउद, विक्रम बहादुर चन्द, भरत बहादुर कार्की, मदन भण्डारी, रमेश ठगुराठी, तेजसिह धामी, नरेन्द्र बडु, नरेन्द्र प्रशाद भट्ट, कृष्ण बहादुर बुढाथोकी रहेका छन । फेरी हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ कञ्चनपुरको नेतृत्वमा आएका देवराज मिश्रले नेपालमै उत्पादित बस्तुको बिक्रि वितरण गर्दै स्वदेशी बस्तुको प्रर्बद्धन गर्ने बताए । उनले आम व्यवसायीदेखि उपभोक्ताहरुको संयुक्त हितका कामकाज गर्दै अघि बढ्ने बताएका छन ।
भन्सार करदेखिका व्यवसायीका आम समस्या निराकरण गर्दै आगामी दिनमा हार्डवेयरनिर्माण समाग्रीमा सबै उपभोक्ताहरुको पहुँच पु¥याउने बताए । अध्यक्ष मिश्रले संघका पुर्व अध्यक्ष दानसिह ठगुराठीको भूमिका स्मरण गर्दै उनको रिहाईका लागि पहल गर्ने बताए ।
पुन महासचिवकै जिम्मेबारी पाएका हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ कञ्चनपुरका महासचिव रामदत्त भट्टले आम हार्डवेयर व्यवसायीका समस्यालाई लिएर सरकारसंग लभिङ्ग गर्ने गराउने, व्यवसायीको हकहितका क्षेत्रमा कामकाज गर्ने बताए । ‘अहिले हार्डवेयर व्यवसायीमा लगानी बढी मुनाफा कम छ, ‘उनले भने, ‘बैंकको ब्याज तिर्नका लागि समेत समस्या भएको छ, यस सन्दर्भमा हामीले हार्डवेयर व्यवसायी सरक्षण गर्नुपर्छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरका मेयर भोजराज बोहराले दीगो विकास निर्माणका लागि हार्डवेयर निर्माण व्यवसायीको भूमिका रहने बताए । मेयर बोहराले हार्डवेयर व्यवसायीहरुकाले आम उपभोक्ताहरुका समस्या मध्य नजर गर्दै अघि बढ्नुपर्नेमा जोडडदिएका छन । कार्यक्रममा जिल्लाभरीका हार्डवेयर निर्माण व्यवसायीको सहभागिता रहेको थियो ।

 

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?