माओवादीले प्रचण्डको नेतृत्वमा सातै प्रदेशमा अक्सिजन प्लान्ट जोड्ने

काठमाडौँ– नेकपा माओवादी केन्द्रले कोरोना भाइरस संक्रमण विरुद्धको लडाइँका लागि पार्टी संगठन परिचालन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समिति गठन गरेको छ।

समितिले केन्द्रदेखि वडास्तरसम्मका पार्टी कमिटीलाई कोरोना विरुद्धको लडाइँमा परिचालन गर्ने निर्णय गरिएको छ । जेठ ५ र ६ गते बसेको माओवादी स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले अस्पताल वरिपरि सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान गरेर आपूर्ति गर्ने तथा पीपीई उत्पादन गरेर वितरण गर्ने निर्णय भएको जनाएका छन् ।

बैठकबाट पारित प्रस्तावमा लेखिएको छ, ‘सरकारी र सामुदायिक अस्पतालहरूको वरिपरि सातै प्रदेशमा हाम्रो पार्टीले सातवटा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज गर्न प्रयास गर्नेछ । यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ । यसका साथै पीपीई देशभित्रै उत्पादनको सम्भावनाहरूको खोजी गरिने छ।’

ताजा खबर

प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी खेलाडि छनौट शुरु

कञ्चनपुर ०१ माघ,  प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी...

हाम्रो भाेजनालयले ल्यायो बिशेष माघि अफर

 उपेश सिंह धामी  महेन्द्रनगर ०१ माघ । कञ्चनपुरको महेन्द्रनगरमा रहेकाे...

दोधाराचाँदनी नगरपालिका–०३ राप्रपा वडा कमिटिको अध्यक्षमा सुनार

उपेश सिंह धामी महेन्द्रनगर २९ पौष । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–०३ मा...

दोधारा चादनीमा १ सय ३ जना ज्येष्ठ नागरिकलाई सम्मान सहित ब्लेङकेट

पप्पु गुरुङ् दोधारा २८ पौष । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ज्येष्ठ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?