माओवादीले प्रचण्डको नेतृत्वमा सातै प्रदेशमा अक्सिजन प्लान्ट जोड्ने

काठमाडौँ– नेकपा माओवादी केन्द्रले कोरोना भाइरस संक्रमण विरुद्धको लडाइँका लागि पार्टी संगठन परिचालन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समिति गठन गरेको छ।

समितिले केन्द्रदेखि वडास्तरसम्मका पार्टी कमिटीलाई कोरोना विरुद्धको लडाइँमा परिचालन गर्ने निर्णय गरिएको छ । जेठ ५ र ६ गते बसेको माओवादी स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले अस्पताल वरिपरि सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान गरेर आपूर्ति गर्ने तथा पीपीई उत्पादन गरेर वितरण गर्ने निर्णय भएको जनाएका छन् ।

बैठकबाट पारित प्रस्तावमा लेखिएको छ, ‘सरकारी र सामुदायिक अस्पतालहरूको वरिपरि सातै प्रदेशमा हाम्रो पार्टीले सातवटा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज गर्न प्रयास गर्नेछ । यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ । यसका साथै पीपीई देशभित्रै उत्पादनको सम्भावनाहरूको खोजी गरिने छ।’

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?