निराशाजनक ब्याटिङ सधैं तगारो

काठमाडौं । नेपाली टोली बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार आयोजक बंगलादेशसँग आठ विकेटले पराजित भएपछि नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको हो। समूहगत चरणको तीनमध्ये नेपालले एक खेलमा जित हात पार्‍यो भने दुई खेलमा पराजय भोग्यो।

नेपालले शनिबार भएको खेलमा हङकङलाई ४० रनले हराएको थियो। उक्त खेलमा नेपालका शरद भेषावकरले ८९ रन बनाएका थिए। आफ्नो पहिलो खेलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो। समूह ‘बी’ मा दुई अंकसहित नेपाल तेस्रो भयो भने खाता खोल्न नसकेको हङकङ चौथो स्थानमा रह्यो। जारी प्रतियोगितामा नेपालको ब्याटिङ निराशाजनक देखियो।

समूह ‘बी’ बाट तीनवटै खेल जितेर ६ अंक हात पार्दै बंगलादेश विजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो। दुई जित र एक हारको नतिजा निकालेको भारत समूह उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्‍यो। यसैगरी समूह ‘ए’ बाट ६ अंकसहित पाकिस्तान विजेता र चार अंकसहित अफगानिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगे। उक्त समूहमा दुई अंकसहित ओमान तेस्रो र एक खेल पनि जित्न नसकेको श्रीलंका चौथो भए।

बंगलादेशविरुद्घ टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ३८ रनमात्र बनाउन सक्यो। नेपालका लागि सोमपाल कामीले सर्वा्धिक ३८ रन बनाएका थिए। जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोलीले २४ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ४० रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो। बंगलादेशका लागि नजमुल सान्तोले अविजित ५९ रनको योगदान गरे। उनी म्यान अफ दी म्याच पनि घोषित भए।

यसैगरी लिग चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले बलियो श्रीलंकालाई सात विकेटले हरायो। टस हारी पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ३८ रन बनायो। जवाफमा अफगानिस्तानले ४४.५ ओभरमै तीन विकेट गुमाएर दुई सय ४२ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो। उक्त खेलमा अविजित एक सय दुई रन बनाउने अफगानिस्तानका ब्याट्सम्यान सहिदुल्लाह कमाल म्यान अफ दी म्याच घोषित भए।

अर्को खेलमा पाकिस्तानले ओमानलाई एक सय ४७ रनले हरायो। टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर तीन सय १९ रनको विशाल योगफल तयार पार्‍यो। जवाफी ब्याटिङमा ओर्लिएको ओमानले ४७.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रनमात्र बनाउन सक्यो। उक्त खेलमा एक सय १८ रन बनाउने पाकिस्तानी ब्याट्सम्यान हैदर अली खान म्यान अफ दी म्याच घोषित भए।

यसैगरी आफ्नो अन्तिम खेलमा भारतले हङकङलाई एक सय २० रनले हरायो। टस जिती पहिले ब्याटिङ रोजेको भारतले निर्धा्रित ओभरमा पाँच विकेट गुमाएर तीन सय २२ रन बनायो। जवाफमा हङकङको टोली ४७.३ ओभरमै केवल दुई सय दुई रन बनाउँदै अलआउट भयो। उक्त खेलमा अविजित एक सय चार रन बनाउने भारतीय ब्याट्सम्यान चिन्मय सुतार म्यान अफ दी म्याच भए। प्रतियोगिताको सेमिफाइनलमा बुधबार भारतले पाकिस्तान र बिहीबार बंगलादेशले अफगानिस्तानको सामना गर्नेछन्। फाइनल खेल शनिबार खेलिनेछ । अन्नपुर्ण

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?