३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज

रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–१०, तिल्केनीका ३२ वर्षिय प्रेम प्रसाद जोशीको ३४ दिनपछि हिन्दु परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रोल…

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–ए जलविद्युत् आयोजनामा इलेक्ट्रिसियनका रूपमा कार्यरत भमिदत्त १० कञ्चनपुरका ३२ वर्षिय प्रेम प्रसाद जोशी बाढीका क्रममा बेपत्ता भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले अन्ततः मन भारी पार्दै कुशको शव बनाएर सोमवार अन्तिम संस्कार गरेको हो । ३४ दिनसम्म परिवारले जोशी फर्किने आशा मारेको थिएन । हरेक दिन आउने खबरले कि त सास कि त लास बारे केही जानकारी मिल्ने आशा जगाउँथ्यो । तर, समय बित्दै गयो, प्रतीक्षा लम्बिँदै गयो । अन्ततः उनको अवस्था अज्ञात रहेकै अवस्थामा परिवारले अन्तिम संस्कार गर्ने कठोर निर्णय लिनुर्पयो ।

जोशीको परिवारमा सबैभन्दा ठूलो पीडा १३ महिनाको छोराको भविष्यसँग जोडिएको छ । बोल्न सिक्दै गरेको त्यो अबोध बालकले अझै ‘बुबा’ भनेर बोलाउन नपाउँदै बाढीले बुवाकोे साथ खोसेको छ । बुवाको माया, काख र साथको अर्थ बुझ्न नपाउँदै एक नावालकले जीवनभरका लागि अभिभावक गुमाउनु परेको छ ।

एकातिर श्रीमान फर्किने आशामा बसेकी श्रीमती, अर्कोतिर बुवाको अनुहार समेत चिन्न नपाएको अवोध वालक, परिवारको यो पीडा शब्दमा व्यक्त गर्न कठिन छ । बाढीले एउटा जीवन मात्र होइन, एउटा परिवारको सपना, भरोसा र भविष्य समेत उजाड बनाएको छ ।

जोशीको अन्तिम संस्कारका क्रममा परिवार, आफन्त, इष्टमित्र तथा छरछिमेकीले दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

भोटेकोसीमा आएको बाढीले जोशीको परिवारमा मात्र होइन, कञ्चनपुरका अन्य परिवारमा पनि गहिरो पीडा छाडेको छ । उक्त बाढीमा परी जोशीसहित कञ्चनपुरका २६ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

भावपूर्ण श्रद्धाञ्जली प्रेमप्रसाद जोशी !! शोकसन्तप्त परिवारमा हार्दिक समवेदना !!

ताजा खबर

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?