३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज

रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–१०, तिल्केनीका ३२ वर्षिय प्रेम प्रसाद जोशीको ३४ दिनपछि हिन्दु परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रोल…

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–ए जलविद्युत् आयोजनामा इलेक्ट्रिसियनका रूपमा कार्यरत भमिदत्त १० कञ्चनपुरका ३२ वर्षिय प्रेम प्रसाद जोशी बाढीका क्रममा बेपत्ता भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले अन्ततः मन भारी पार्दै कुशको शव बनाएर सोमवार अन्तिम संस्कार गरेको हो । ३४ दिनसम्म परिवारले जोशी फर्किने आशा मारेको थिएन । हरेक दिन आउने खबरले कि त सास कि त लास बारे केही जानकारी मिल्ने आशा जगाउँथ्यो । तर, समय बित्दै गयो, प्रतीक्षा लम्बिँदै गयो । अन्ततः उनको अवस्था अज्ञात रहेकै अवस्थामा परिवारले अन्तिम संस्कार गर्ने कठोर निर्णय लिनुर्पयो ।

जोशीको परिवारमा सबैभन्दा ठूलो पीडा १३ महिनाको छोराको भविष्यसँग जोडिएको छ । बोल्न सिक्दै गरेको त्यो अबोध बालकले अझै ‘बुबा’ भनेर बोलाउन नपाउँदै बाढीले बुवाकोे साथ खोसेको छ । बुवाको माया, काख र साथको अर्थ बुझ्न नपाउँदै एक नावालकले जीवनभरका लागि अभिभावक गुमाउनु परेको छ ।

एकातिर श्रीमान फर्किने आशामा बसेकी श्रीमती, अर्कोतिर बुवाको अनुहार समेत चिन्न नपाएको अवोध वालक, परिवारको यो पीडा शब्दमा व्यक्त गर्न कठिन छ । बाढीले एउटा जीवन मात्र होइन, एउटा परिवारको सपना, भरोसा र भविष्य समेत उजाड बनाएको छ ।

जोशीको अन्तिम संस्कारका क्रममा परिवार, आफन्त, इष्टमित्र तथा छरछिमेकीले दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

भोटेकोसीमा आएको बाढीले जोशीको परिवारमा मात्र होइन, कञ्चनपुरका अन्य परिवारमा पनि गहिरो पीडा छाडेको छ । उक्त बाढीमा परी जोशीसहित कञ्चनपुरका २६ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

भावपूर्ण श्रद्धाञ्जली प्रेमप्रसाद जोशी !! शोकसन्तप्त परिवारमा हार्दिक समवेदना !!

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?