दोस्रो अन्तर वडास्ततरीय खुला पुरुष कबडी प्रतियोगिता शुरु

कञ्चनपुरको भीमदत्त ७ हल्दुखालमा हल्दुखालमा दोस्रो अन्तर वडास्ततरीय खुला पुरुष कबडी प्रतियोगिता शुरु भएको छ ।

कञ्चनपुरको भीमदत्त ७ हल्दुखालमा हल्दुखालमा दोस्रो अन्तर वडास्ततरीय खुला पुरुष कबडी प्रतियोगिता शुरु भएको हो । विहिवार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले एक भव्य समारोहका विच उक्त दोस्रो अन्तर वडास्ततरीय खुला पुरुष कबडी प्रतियोगिताको शुभारम्भ गर्नु भएको हो । कबड्डीका लगायत विभिन्न खेलकुदका लागी राष्टीय तथा अन्तराष्टीय खेलाडि संगैं प्रशिक्षकहरु समेत उत्पादन गरेको भीमदत्त नगरपालिका वडा नम्र ७ हल्दुखालको जनसेवा माविमा लामो समयको अन्तराल पछि दोस्रो अन्तर वडास्ततरीय खुला पुरुष कबडी प्रतियोगिता आयोजना गरिएको हो । वडा नम्वर ७ को कार्यालय र दिप ज्योती युवा क्लवको सयुक्त आयोजना तथा वडा तथा नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताको उदघाटन समारोहमा वोल्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले वताउदै खेलको माध्यमबाट नेपाललाई विश्व सामु चिनाउन सकिएको वताउदै खेलकुदमा अनुशासन अनिवार्य भएको वताउनु भयो । साथै उहाले कञ्चनपुर जिल्लाको वडा नम्वर ७ कबड्डीको उर्वर भुमि भएको वताउदै यस वडाले सुदुपश्चिममै उत्कृष्ट खेलाडि उत्पादन गरेको स्मरण समेत गराउनु भयो ।

विहिवार देखि शुरु भएको कबडी प्रतियोगितामा शनिवार समापन हुने छ भने हाल सम्म विभिन्न वडा बाट ९ टीमको सहभागिता रहेको छ । कबडी खेलको बृद्धि विकासका साथै खेलाडी उत्पादन गर्नका लागि आयोजना गरिएको उक्त प्रतियोगिता खेल सैगै विकास र गतिसिलता जोडिएको हुने वताउनु भयो । साथै उहाले खेलकुदका लागी नगरपालिकाले आगामी दिनहरुमा समेत सहयोग गर्दे जाने समेत वताउनु भयो ।
यसै गरि कार्यक्रमको उदघाटन समारोहमा बोल्दै कार्यक्रममा सभाअध्यक्ष समेत रहेका वडा नम्वर ७ का अध्यक्ष गणेस वहादुर चन्दले आफु पनि कबड्डी खेलबाटै आएको र अहिले भारोत्तोलन खेलको प्रशिक्षकको रुपमा रहेको हुदा खेलको वृत्ति विकासका लागी काम गरिरहेको वताउनु भयो । साथै उहाले यस वडाले कबड्डी मात्रै नभई विभिन्न विधाका राष्टीय तथा अन्तराष्टीय खेलाडि तथा प्रशिक्षकहरु समेत उत्पादन गरिसकेको वताउनु भयो ।

कार्यक्रममा कबड्डीका वरिष्टा प्रशिक्षक तारा सिह भाट लगायतका चार जना प्रशिक्षकलाइृ कदर पत्र सहित सम्मान समेत गरिउको छ । तिन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितमा प्रथम द्धीतिय र तृतिय हुने दुई टीमलाई क्रमस ५० हजार, ३० हजार र १५।१५ हजार नगर पुरुकार सहित मेडल तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?