दर्ता विना भुसे भट्टा सञ्चालनमा : वातावरणमा प्रतिकुल अशर

स्वच्छ र स्वस्थ वातावरणमा वाच्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भित्र पर्दछ तर अस्वाभाविक रुपमा हुने वातवरण प्रदुषणले मानव जिवन, प्रकृति तथा जैविक विविधतामा समेत प्रतिकुल असर पर्दै आईरहेको छ । विषेस गरि सवारी साधनबाट निस्किने धुवा धुलो र उद्योग कलकारखाना तथा ईट्टा भट्टाबाट निस्किने धुलो र धुवाका कारण बढिरहेको प्रदुषणबाट वालवालिका देखी लिएर वृद्ध वृद्धा सम्मका व्यक्तीहरु विभिन्न रोगहरुको शिकार हुने गरेका छन । यसै गरि पछिल्लो समय सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पनी अनुमति विना अव्यवस्थित रुपमा सञ्चालनमा रहेका भुसे ईट्टा उद्योगका कारण वातावरणमा नराम्रो प्रभाव परिरहेको छ ।
चिम्नी ईट्टा उद्योगहरुमा जमीन भन्दा मिटरको उचाईमा धुवा फाल्ने गरि वनाईएको हुन्छ भने भुसे ईट्टा उद्योगहरु बाट आउने धुवा र धुलो जमिनको सतहमा हुने भएका कारण मानिसको स्वास प्रस्वासमा यसको प्रत्यक्ष प्रभाव परेको चिम्नी ईट्टा व्यवसायी गजेन्द्र बहादुर थापाले वताउनु भयो । भुसे ईट्टा उद्योगहरुका कारण करोडौको लगानीका चिम्नी उद्योगहरु घाटामा परिरहेका छन भने कमसल ईट्टाका कारण सरकारी भवनहरु निर्माण गर्दा समेत गुणस्तरहीन काम हुने गरेको छ ।
कैलाली कञ्चनपुरका जम्मा ३८ वटा भुसे ईट्टा उद्योगहरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छन तर फिल्डमा हेर्ने हो भने कञ्चनपुरमा मात्रै १०० को हाराहारीमा उद्योग सञ्चालनमा रहेका छन । सामान्य नागरिहरु देखी जनप्रतिनीधहरु सम्म अवैध रुपमा उद्योग सञ्चालन गरेरहेका छन । आफुहरुले चाहेर पनी वेरोजगारिका कारण उदोग वन्द गर्न नसकेको भुसे ईट्टा उद्योगी ईन्द्र सिह खत्रीले वताउनु भयो । अवैध रुपमा सञ्चालनमा रहेका उद्योग वन्द गर्न नसक्नु सरकारको कमजोरी हो, उहाले भन्नु भयो सरकारले सहयोग गरे व्यवस्थित रुपले अगाडि बढ्न हामी तयार छौं ।
उद्योग तथा लगानी प्रवद्र्धन वोर्डको २०७४ माघ २९ गते बसेको वैठकको निर्णय न.ं २ ले भुसे ईट्टा उद्योगहरुलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्नु पर्ने भन्दै नगरे दर्ता खारेज गरि वन्द गर्न निर्देशन गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गराउन घरेलु तथा साना उद्योग विभागले विभिन्न जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरु लाई २०७४ फागुन २५ गते नै पत्राचार गरेर जानकारी गराई सकेको छ । तर लामो समय हुदा पनी न त घरेलु कार्यालयले उद्योग वन्द गराउन सकेको छ नत कुनै पहल नै गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अधिकृत धर्मानन्द भट्टले दर्ता खारेज भए पनी उद्योग बन्द नभएको वताउनु भयो । घरेलु कार्यालयले अनुगमन गर्न नसकेको स्वीकार्दै अधिकृत भट्टले कार्यालयले बन्द गर्न पत्राचार गरिसकेको भएपनी कार्यान्वयन हुन नसकेको वताउनु भयो ।
दर्ता विना सञ्चालित उद्योगका कारण कति राजश्व गुमिरहेको यसवारे आन्तरिक राजश्व कार्यालय नै बेखवर छ । घरेलु तथा साना उद्योग कार्यालय बाट दर्ता भएर आएकाहरुको मात्रै कार्यालयमा अभिलेख हुने हुदा यस वारे आफु अनविज्ञ रहेको आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत ले बताउनु भएको छ ।
अवैध र कानून विपरित सञ्चालनमा आएका उद्योगहरुको वारेमा घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन गर्नु पर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डुले वताउनु भएको छ । यदी दर्ता विना सञ्चालनमा आएका उद्योग वन्द गराउन घरेलु तथा साना उद्योग कार्यालयले प्रशासनामा लेखी पठाए तुरुन्त वन्द गरिने समेत उहाले वताउनु भयो ।
उद्योग तथा लगानी प्रवद्र्धन वोर्डको निर्णयलाई वेवास्ता गर्दै धमाधम भुसे ईट्टा उद्योगहरु थपिदै गए पनी सरोकारवाला निकाय मौन रहदा मानव स्वास्थ्यमा ठुलो असर परिरहेको छ । वालवालिका देखी वृद्धवृद्धाहरु विभिन्न रोगहरुको सिकार भईरहेको छन ।
उद्योगलाई आधुनिक प्रविधिमा रुपान्तरण नगरे स्वत रद्द हुने व्यवस्थाको धज्जी उडाउदै करोडौ कर छली हुदा सम्म सम्वन्धित निकाय मौन रहदा नागरिकहरुको स्वच्छ र स्वस्थ भएर वाच्न पाउने मौलिक अधिकारको हनन भएको छ । खुलम खुल्ला रुपमा वातावरण प्रदुषित गर्दै कर छली गर्दै हुन्जेल सम्म सरोकावाला निकाय मौन वस्दा कतै मिलेमतो त काम भईरहेको छैन भन्ने आशंका उत्पन्न भएको छ । समयमै यस्ता गतिविध विरुद्ध राज्यको ध्यान जानु जरुरी रहेको छ ।

 

ताजा खबर

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?