बजारमा नक्कली रुपियाँ छ्यापछ्याप्ती फेला

असोज ४ सुर्खेत । गत भदौको महिनाभर वीरेन्द्रनगर बजारमा नक्कली रुपियाँ छ्यापछ्याप्ती फेला परेको थियो । किनमेलका क्रममा चार ठाउँबाट एक–एक हजार रुपियाँका चारवटा नक्कली रुपियाँ फेला परेपछि बजारमा नक्कली रुपियाँ फैलिइसकेको अनुमान छ ।
वीरेन्द्रनगर बजारमा पान व्यवयासी मनोज साहको पसलमा ग्राहकले भदौ दोस्रो साता एक हजार रुपियाँको नोटबाट सामान खरिद गरेका थिए । पसलमा श्रीमती बसेका कारण उक्त रुपियाँ दिने व्यक्तिको पहिचान गर्न नसकेको साहले बताउनुभयो आफूले उक्त नोट सुरक्षित राख्दै अन्य सर्वसाधारणलाई नक्कली नोट यस्तो हुन्छ भनेर सचेत गराइरहेको बताउनुभयो ।

यस्तै वीरेन्द्रनगर–४ का दिलमाया सोडारीको पसलमा पनि सामान किन्न आउने ग्राहकले नक्कली एक हजार रुपियाँको नोट छाडेका थिए । साँझको समय हुँदा सक्कली नै नोट भनेर उहाँले राख्नुभयो । तरकारी किन्न जाँदा व्यापारीलाई दिँदा मात्र थाहा पाइयो कि त्यो नोट नक्कली हो, मोटर साइकलमा आएका दुई जना युवाले सो आफूलाई दिएको सोडारीले बताउनुभयो । यसैगरी सुर्खेतस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा पनि एउटा नक्कली नोट फेला परेको छ । बैङ्कका सुर्खेत प्रबन्धक लीलाराम ढुङ्गानाले करिब दुई महिनायता नक्कली नोट भित्रिएको आशङ्का गर्नुभएको छ । उहाँले बैङ्कमा नक्कली नोट सटही गर्न आउनेलाई प्रहरीमा खबर गरेर बुझाइसकेको जानकारी दिँदै सर्वसाधारणलाई सचेत रहन सुझाव दिनुभयो । नक्कली नोटको अनुसन्धान गर्न प्रशासन तथा राष्ट्र बैङ्कसम्म जानकारी गराइसकेको उहाँको भनाइ छ ।

यता वीरेन्द्रनगर बजारमा नक्कली नोट फेला पर्न थालेपछि प्रहरी प्रशासनले अनुसन्धानलाई कडाइ गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नक्कली नोट रहेका एक जनालाई पक्राउ गरिसकेको र अन्यको पनि खोजी तथा अनुसन्धान भइरहेको बताउनुभयो । चाडपर्वको बेला पैसामाथि धेरै ध्यान दिने नगर्दा सक्कली नोटको बीचमा नक्कली नोट मिसाउने गरेको पाइन्छ । रुपियाँ लिँदा राम्ररी हेरेर लिन बैङ्क तथा प्रशासनले आग्रह गरेको छ ।

कसरी चिन्ने नक्कली नोट ?
राष्ट्रिय वाणिज्य बैङ्क सुर्खेतका प्रबन्धक लीलारामका अनुसार नक्कली नोटको दायाँ भागको सेतो खाली भागमा लालीगुराँसको पानी छाप हुँदैन । यस्तै सक्कली नोटमा रहेको चाँदीको रेखानेर एमआरपी भनेर लेखिएको हुन्छ तर नक्कलीमा त्यो लेखिएको हुँदैन । सक्कली नोटमा चाँदीको रेखा झैँ देखिने झिलझिले माथिदेखि तलसम्म हुन्छ तर नक्कलीमा त्यो रेखा हुँदैन ।
यसैगरी सक्कली नोटमा बायाँ भागमा भगवतीको चित्र हुन्छ, जुन हातको औँलाले छुँदा प्रस्ट थाहा हुन्छ तर नक्कली नोटमा त्यो चित्र छुँदा पत्ता लाग्दैन । नक्कली नोटको आकार सक्कलीभन्दा केही सानो हुन्छ । सक्कली नोटको रङ उज्यालो र कडा खालको हुन्छ तर नक्कली नोटको रङ हल्का र खुइलिएको जस्तो देखिन्छ ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?