चौराहा दुर्घटना अपडेट : एक जनाको मृत्यु, दुईको अवस्था गम्भिर

कञ्चनपुरः धनगढी चौराहामा मोटरसाईकल दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ।
जिल्लाको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आइतबार साँझ चटकपुरबाट भन्सार तर्फ गइरहेको से ५ प २६७१ नम्बरको मोटरसाईकलले ट्राफिक चौराहामा दुई साईकललाई ठक्कर दिँदा ४ जना घाइते भएका थिए। घइते मध्ये साईकलयात्री डगौराको मृत्यु भएको हो भने अर्का साईकलयात्रीको अवस्था सामान्य छ।
नगढी उपमहानगरपालिका वडा नम्बर ६ का २२ वर्षीय मोहन प्रशाद जोशी र सोही ठाउँका २२ वर्षीय माधव प्रशाद भट्ट गम्भीर घाइते भएका छन्। उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक प्रतिक विष्टले बताए।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?