चौराहा दुर्घटना अपडेट : एक जनाको मृत्यु, दुईको अवस्था गम्भिर

कञ्चनपुरः धनगढी चौराहामा मोटरसाईकल दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ।
जिल्लाको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आइतबार साँझ चटकपुरबाट भन्सार तर्फ गइरहेको से ५ प २६७१ नम्बरको मोटरसाईकलले ट्राफिक चौराहामा दुई साईकललाई ठक्कर दिँदा ४ जना घाइते भएका थिए। घइते मध्ये साईकलयात्री डगौराको मृत्यु भएको हो भने अर्का साईकलयात्रीको अवस्था सामान्य छ।
नगढी उपमहानगरपालिका वडा नम्बर ६ का २२ वर्षीय मोहन प्रशाद जोशी र सोही ठाउँका २२ वर्षीय माधव प्रशाद भट्ट गम्भीर घाइते भएका छन्। उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक प्रतिक विष्टले बताए।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?