महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रक्रियामै डेढ करोडको आर्थिक चलखेल

कञ्चनपुरः महाकाली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आह्वान गरिएको टेण्डरमा विवाद उत्पन्न भएको छ।कोरोना संक्रमणको महामारीका बेला तत्काल अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने भएपनि झण्डै डेढ करोड रुपैयाँको चलखेल भएको भन्दै विरोध भएको हो।
संघीय सांसद निरुदेवी पालको पहलमा अर्थ मन्त्रालयले महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको दाबी गरिएको थियो। अस्पतालले जेठ ५ गते अक्सिजन प्लान्ट स्थापनाका लागि विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो। जसमा टेक्निकल एसोसियट सर्भिसेस प्रालि, ग्वालेक ग्रुपको स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिज र बीआरटी इन्टरनेशनल प्रालिले सहभागिता जनाएका थिए।

टेक्निकल एसोसियटले ३ करोड ६३ लाख, बीआरटी इन्टरनेशनलले ३ करोड २६ लाख ५७ हजार रुपैयाँ र स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजले १ करोड ७९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ९५ पैसाको प्रस्ताव गरेको थियो।
स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजले १ करोड ७९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ९५ पैसा प्रस्ताव गरेपनि झण्डै डेढ करोड रुपैयाँ बढी प्रस्ताव गरेको बीआरटी इन्टरनेशनललाई ठेक्का दिन खोजेपछि आर्थिक चलखेलको आशंका गरिएको हो। अस्पतालको व्यवस्थापन पक्षको मिलेमतोमा बीआरटी इन्टरनेशनललाई टेण्डर दिन खोजिएको आरोप लागेको छ।
ग्वालेक ग्रुपका प्रमुख कार्यकारी अधिकृत अनिमेश कुमार मिश्रले आफुहरूले भन्दा झण्डै डेढ करोड बढी प्रस्ताव गरेको बीआरटी इन्टरनेशनललाई ठेक्का दिन खोजिएको आरोप लगाए।

उता महाकाली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर हरि श्रेष्ठले भने मापदण्ड पुरा गरेको कम्पनीलाई टेण्डर दिने निर्णय गरेको तर्क गरे। उनले स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजको प्रस्ताव रकम कम भएपनि अन्य कागजातहरू पूर्ण नभएपछि बीआरटी इन्टरनेशनललाई ठेक्का दिन खोजिएको स्वीकार बताए। तर बीआरटीले पनि ६ महिनाको समय माग गरेपछि समस्या परको उनको भनाइ छ। उनले नयाँ टेण्डर आह्वान गर्नुपर्ने बताएका थिए।

तर खरिद प्रक्रियामा लामो समय लाग्ने देखिएपछि अहिले विश्व बैंकको सहयोग तथा यूएनओपीएसको व्यवस्थापनमा सरकारलाई हस्तान्तरण गरेको ७ वटा प्लान्ट मध्ये सुदूरपश्चिम प्रदेशको अक्सिजन प्लान्ट महाकाली अस्पतालमा जडान गरिने भएको छ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?