इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ खुल्यो,पर्ने चान्स कति ?

 

माघ,२ लिपुलेक , इन्फास्ट्रक्चर बैंकको आइपिओ (प्राथमिक सेयर)मा आजदेखि आवेदन खुलेको छ।कम्पनीको आइपिओमा ६ गतेसम्म आवेदन दिन सकिनेछ। आइपिओ निष्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छ।

बैंकले अंकित मूल्य १ सयका दरले ८ करोड कित्ता सेयर जारी गर्न लागेको हो। सोमध्ये कर्मचारीका लागि १ लाख ६० हजार र सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता छुट्याइएको छ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।

बैंकले जारी गर्ने प्राथमिक सेयर अहिलेसम्मकै ठूलो परिमाणको हो। चुक्ता पुँजी २० अर्ब रहेको बैंकले ४० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कति कित्ताका लागि दिने आवेदन?
आवेदन भर्दा कम्तिमा १० कित्ता र त्यसभन्दा माथि दिनुपरेमा १० ले गुणा जाने २०, ३०, ४०… अंकमा मात्रै दिनुपर्दछ।

यो कम्पनीको सेयर सबैलाई बाँडफाँड गर्न पुग्नेछ। चन्द्रागिरि हिल्समा जति नै आवेदन संख्या परेमा सबैलाई कम्तिमा ६० कित्ता सेयर बाँडफाँड गर्न पुग्नेछ।

तसर्थ यो कम्पनीमा कम्तिमा ६० कित्ताका लागि आवेदन दिँदा उपयुक्त हुन्छ। ६० कित्ताको लागि आवेदन दिँदा ६ हजार रुपैयाँ बैंक खातामै ब्लक रहन्छ।

कतिपयले ५० कित्ता वा सोभन्दा कम कित्ताका लागि पनि आवेदन दिएका हुन सक्छन्। तसर्थ बढीमा ७० कित्तासम्म सेयर पर्न सक्ने हुनाले ७० कित्ताका लागि पनि आवेदन दिन सकिनेछ।

कसरी दिने आवेदन?

घरमै बसेर अनलाइनबाट प्राथमिक सेयरका लागि आवेदन दिन सकिनेछ। सिडिएससीको मेरो सेयर क्लिक गरी आवेदन दिन सकिन्छ।

मेरो सेयरमा गई डिपोजिटरी पार्टिसिपेन्टमा आफ्नो डिम्याट खाता भएको कम्पनी छान्नुपर्छ। त्यसपछि युजरनेम र पासवर्ड टाइप गरेर लगइन गर्नुपर्छ।

यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा आफ्नो बैंक खाता भएको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ। तर आवेदन दिँदा डिम्याट खाता भने जरुरत पर्दछ। (यो पनि हेर्नुस्- के हो डिम्याट खाता, कसरी खोल्ने?)

कस्तो छ कम्पनी?

यो विभिन्न विकास आयोजनाहरुमा ऋण लगानी गर्नका लागि स्थापित भएको बैंक हो।

यो बैंकले निक्षेपका रुपमा रकम जम्मा गरी स्रोत जुटाउँछ। त्यस्तै ऋणपत्र जारी गरेर पनि रकम संकलन गर्दछ। संकलित रकम पूर्वाधारका क्षेत्रमा लगानी गर्छ।

आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ। कम्पनीले सो अवधिमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले स्रोत संकलन गर्दा कम्तीमा ५ वर्षका लागि हुनेगरी व्यक्तिगततर्फबाट न्यूनतम १ करोड रुपैयाँ र संस्थागततर्फबाट न्यूनतम ५ करोड रुपैयाँ निक्षेपका रुपमा स्वीकार गर्दछ।

संस्थागत निक्षेपकर्तालाई ६.५ देखि ६.६ प्रतिशतसम्मको ब्याज दिन्छ भने व्यक्तिगतलाई ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्दछ। निक्षेपकर्तालाई दिने ब्याज र आयोजना ऋणीबाट लिने ब्याजको अन्तर नै कम्पनीको मुख्य आम्दानी हो।

आब ०७९/८० सम्म प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ पुग्ने कम्पनीको आँकलन छ। सो अवधिसम्म वार्षिक आम्दानी १ अर्ब ५९ करोड हुने र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८० पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ।

इक्रा नेपालले कम्पनीको आइपिओलाई एनपी आईआर ट्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनी मध्यमस्तरको रहेको जनाउँछ।

४० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागिएको यो कम्पनीमा बाँकी ६० प्रतिशत स्वामित्व नेपाल सरकार, व्यवसायिक घराना र विभिन्न बैंक तथा वित्तीय संस्थाको छ।

यसको कार्यालय नयाँ बानेश्वरमा छ।

                   स्रोत सेतोपाटी

 

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?