‘हेमा एक साता देखि सम्पर्कमा छैनन्, मित नाता पर्ने गाउँकै लक्ष्मण पनि गाउँमा छैनन् ’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीकी ३५ वर्षीय हेमा धामी एक सातादेखि सम्पर्कविहिन भएकी छन् ।

उनी असोज ८ गतेदेखि घरपरिवारको सम्पर्कमा नरहेको उनका श्रीमान् अर्जुन सिंह धामीले बताए । अर्जुन हाल कामको शिलशिलामा डेढ वर्षेदेखि दुबईमा छन् ।

तीन छोराछोरीकी आमा रहेकी हेमा बेपत्ता भए पछि उनका स–साना छोराछोरी बिचल्लीमा परेका छन् ।

‘हेमा एक साता भन्दा बढिदेखि सम्पर्कमा छैनन्, मित नाता पर्ने गाउँकै लक्ष्मण प्रसाद पन्त पनि गाउँमा छैनन् ।’ दुबईबाट अर्जुनले भने,‘म बिदेशमा छुँ, घरमा स–साना बालबालिका अलपत्र परेका छन् ।’

आफ्नो श्रीमती सोझी स्वभावकी र धैरै लेखपढ नगरीले कसैले प्रलोभन देखाएर वा झुक्काएर बेपत्ता पारेको हुन सक्ने उनले आशंका व्यक्त गरे ।

भीमदत्त नगरपालिका–१० जिमुवाका लक्ष्मण प्रसाद पन्त पनि सोही दिनदेखि सम्पर्कविहिन छन् । लक्ष्मणकी श्रीमती र अर्जुनकी श्रीमती हेमाले एक वर्ष अगाडि मित लगाएका थिए ।

त्यसै नाताले लक्ष्मण हेमाको घरमा आइरहेने र चिनजान राम्रो भएकोले उनले नै हेमालाई लगेर गएको हुनसक्ने दुवै परिवारका सदस्यहरुको आशंका छ ।

लक्ष्मण पनि विवाहित हुन् । उनको एक छोरा छ । उनीहरु दुवै जना भारततर्फ गएको आशंका गरिएको छ । यद्यपी दुवै जना अहिलेसम्म कसैको सम्पर्क आएका छैनन् ।

असोज ८ गतेदेखि नै लक्ष्मण पनि सम्पर्कमा नआएकोले उनकी श्रीमतीले खोजतलासका लागि असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् ।

‘खोजतलास र कल डिटेलका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छुँ । तर अहिलेसम्म केही केही भएको छैन् ।’ उनले भनिन् ।

अर्जुन बिदेशमा र उनकी श्रीमती एक सातादेखि परिवारको सम्पर्कमा नआए पछि छोराछोरीको बिचल्ली भएको छ । हेमा र अर्जुन २० वर्ष अगाडि बैवाहिक सम्बन्धमा बाँधिएका थिए ।

उनका १५ र १२ वर्षीय दुई छोरी र ६ वर्षीय एक छोरा छन् । एक हप्तादेखि आमा घर नआए पछि छोराछोरी रोइरहेका छन् ।

‘म बिदेशमा छुँ । आमा घर नआएर छोराछोरी रोइरहेका छन् ।’ दुबईबाट रुदै अर्जुनले भने, ‘छोराछोरीको बिचल्ली भयो ।’ श्रीमती सम्पर्कविहिन भए पछि खोजतलासका लागि प्रहरीमा निवेदन दिएको उनी बताउँछन् ।

भारततिर गएको हुनाले भारतमा रहेका नेपालीहरुले कहि कतै फेला परेकामा खबर गरी दिन अर्जुनले आग्रह गरे ।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले खोजतलासका लागि हुलिया परिपत्र भएको बताए ।

‘दुवैतर्फबाट खोजतलासका लागि निवेदन आएको छ । हामीले सबैतिर हुलिया परिपत्र गरेका छौँ ।’ डीएसपी थापाले भने, ‘कल डिटेल पनि मागेका छौँ ।’ दैनिक सञ्चार 

ताजा खबर

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?