जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ
२४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी बृतमा कार्यरत प्रहरी जवान उत्तम सिह थापा मारिए । आन्दोलनकारीले प्रहरीको विट जलाएर जवान थापालाई डिएसपी भन्दै क्र्रुर रुपमा कुटीकुटी मारिदिए । राष्ट्र सेवामा रहेका छोरा गुमेसंगै उनकी बृद्ध आमा निर्मला देवी थापाको साहरा नै गुमाएकी छिन ।
सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलाको लेकम गाँउपालिका ३ लाली घुम्खोलीकी निर्मला देवी थापाले ११ बर्ष अघि जिवनसाथी (श्रीमान) हरिसिह थापा गुमाईन । श्रीमान वितेपछि दुर्इं छोराको साहरामा बाँचेकी निर्मलाकोे जिवनमा दशकभित्रै ठुलो बज्रपात आएको छ ।
गत बर्ष २१ मंसिर ०८१ मा कान्छा छोरा महेश थापा गुमाएकी निर्मलाले कान्छो छोरा गुमाएकोे बर्षदिन नपुग्दै जेठो छोरो उत्तम पनि गुमाएकी छिन । कान्छो छोरो गुमाएको ९ महिनामै जेठो छोरा उत्तमको आसमा बाँचेकी निर्मलाको साहरा जेनजी आन्दोलनको लुटिदिएको छ । महेशको महाकाली नदीमा धार्मिक काम सकेर घर फर्किने क्रममा भिरबाट लगेर मृत्यु भएको थियो ।
कान्छो छोरा गुमेपनि राष्ट्र, सेवामा रहेका जेठो छोराको साहारामा बाँचेकी निर्मला यतिबेला घरका तीन सदस्य गुमेपछि छेदविच्छेद अवस्थामा पुगेकी छिन । निर्मला अहिले दार्चुलाकै घरमा छिन ।
गाँउमै रहेको कृष्ण माध्यामिक विद्यालयबाट १२ पास गरेपछि उत्तमलाई प्रहरीमै कार्यरत उनका कान्छाबाबु रुपसिह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रुपमा काममा लगाएका थिए । तीन पटककोे प्रयासमा ०७३ सालमा प्रहरी जवान भएका थापाले आधारभूत तालिम सकेपछि उनको प्रदेश प्रहरी गुल्म धनगढीमा पोष्टिङ्ग भएको थियो । प्रहरी जवान थापाका कान्छाबाबु रुपसिह थापाले लामो समय धनगढीमा कार्यरत भतिजाको ६ महिना अघि मात्रै काठमाण्डौँमा सरुवा भएको बताए । ‘दाजुको देहान्त भएपछि म र मेरो जेठा दाजु तेजसिह थापाले नै उत्तम र उनका भाई महेशलाई गाईड हेरचाह गरेका थियौँ, ‘उनले भने, ‘कान्छो भतिजालाई ९ महिना अघि गुमायौँ, अहिले जेठो भतिजो पनि गुमाएका छौँ, हाम्रो परिवारमा निरन्तर ब्रजपात भएको छ ।’ दुई बर्ष अघि प्रहरी नायब निरीक्षक(सई)बाट सेवा निवृत भएका रुपसिहले उत्तमलाई डिएसपी भन्दै अमानविय रुपमा कुटिकुटी प्राण लिएका फोटो, भिडियो सार्वजनिक भएका बताउँदै यस्तो निकृष्ट अमानविय काममा संलग्नमाथि कानुनी कार्बाही र पीडित परिवारलाई न्याय दिन अपिल गरेका छन ।
मृतक प्रहरी जवान थापाका अर्का कान्छाबाबु तेजसिह थापाले बाल्यकालमा भलिबल खेल्दै आएका उत्तमले ६ बर्ष अघि मात्रै जोगबुढाकी पुष्पा भट्टराईसंग प्रेम विवाह गरेको बताए । ‘भतिजा उत्तमको जागिर धनगढी थियो, बुहारी पनि त्यही बस्थिन, ६ महिना अघि मात्रै उनको काठमाण्डौँ सरुवा भएको थियो, दाजु र अर्का भतिजा गुमेपछि भाउजुको सुखसयलमा राख्छु भन्थ्यो, त्यही भएर धनगढीमा १० धुर जमिन पनि किनेको थियो, तर उत्तको सपना जेनजी आन्दोलनले अधुरै रह्यो ।’
शिक्षकबाट सेवा निवृत भएका तेजसिहले कान्छा भतिजाको देहान्तसंगै उनकी श्रीमती अस्मिता बोहराले पनि घर छाडेर हिडेको बताए । ‘यतिबेला हामी घर परिवार बिछिप्त भएका छौँ, अझ ठुलो पीडा भाउजु निर्मलामा परेको छ, ‘उनले भने, ‘हाम्रो परिवारमा परेको यो अपुरणीय क्षतिको कुनै सीमा नै छैन ।’ राष्ट्रसेवामा खटिएकै क्रममा अमानविय रुपमा क्र्रुर हत्या भएको बताउँदै उनले अब उत्तमकोे साहरामा बाँचेकी उनकी धर्मपत्नी पुष्पालाई राष्ट्रसेवा गर्न सरकारले मौका दिनुपर्छ बताए ।
आन्दोलन पछि पछिल्लो परिस्थितिलाई मध्य नजर गर्दै उत्तमको आइतबार मृतकका कान्छा बाबु रुपसिहका छोरा अमिस थापा, अर्का कान्छाबाबु ईश्वर थापा सहितका आफन्तले प्रहरीको उपस्थितिमै पशुपतीमै अन्त्येष्टी गरेका छन । घर परिवारको आफ्नै मातृभुमि दार्चुला स्थित महाकाली नदीमा अन्त्येष्टी गर्ने चाहना भएपछि परिस्थितिले उतै अन्त्येष्टी भएको छ । उत्तमकी ममतामयी आमा निर्मला, उनकी धर्मपत्नी पुष्पा सहित थापा परिवारले मुखै हेर्न नपाई अन्त्येष्टी गरिएको छ । मृतक उत्तमको कञ्चनपुर बेदकोट नगरपालिका ७ गाउजी तेजसिह थापाको घरमा कान्छाबाबु रुपसिह र धर्मपत्नी क्रिरियामा बसेका छन, भने आमालाई दार्चुला पुख्र्यौली घरमा आफन्तले साहरा दिईरहेका छन ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?