सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

 

कञ्चनपुर, २९ भदौँ 

२४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत भएका बेला महाकाली पुल योजनाको एक गाडी दाङमा तोडफोड आगजनी भएको छ । कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ महङगो गाडीमा तोडफोड आगजनी भएको हो ।

सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारी तोडफोड गरेर पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’

२३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालिम केनदै, हेभि ईक्विपेन्ट, डिभिजन र यान्त्रिक कार्यालयमा पत्राचार गर्दै सरकारी सवारी साधन प्रयोग नगर्न पत्राचार गरे विपतिर कञ्चनपुर महाकाली पुल योजनाको गाडी दाङमै कसरी किन कसले लगेर दुरुपयोग वा कामका लागि भन्दै चर्चा चलिरहेको छ ।

सडक विभागका शाखा अधिकृत पदम प्रशाद पोखरेलले हस्ताक्षर गरेको अन्यन्त जरुरी पत्रमा आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण सरकारी सवारी साधन प्रयोग नगर्नु नगराउन हुन निर्देशन जारी गर्दै आफु खुसी सवारी साधन प्रयोग गरी क्षति वा दुर्घटना भएका सवारी प्रयोगकर्ता स्वयम जिम्मेबारी हुने निर्देशन जारी गरिएको थियो । विभागकै निर्देशन विपरित महाकाली पुल आयोजनाको गाडी दुरुपयोग भएपछि विभागले अब के गर्छ भन्ने प्रतिज्ञामा छन । जिल्ला प्रहरी कार्यालय दाङले थुप्रै सरकारी कार्यालय, सवारी साधन तोडफोड, आगजनी भएकाले टोलीले मुचुल्का संकलन गरिरहेकोे जनाएको छ ।

महाकाली पुल योजना कार्यालयका ईन्जिनियर रवि शाहले उक्त गाडी डि विवसबासु सदादेवले साईडमा लगेको बताए ।

सरकारी एज सार्वजनिक कार्यालयमा भ्रष्टाचार बढिरहेको भन्दै जेनजी पुस्ता आन्दोलनमा यसै कारण चर्चिरहेका बेला यसरी सरकारी कर्मचारी राज्यका स्रोत साधन दोहनमा उद्यत छन ।

जिल्ला बाहिर सरकारी सवारी साधन संचालनका लागि सम्बन्धीत प्रशासन कार्यालयमा अनुमती लिनुपर्ने भएपनि महाकाली पुल र डिभिजन वन कार्यालयका गाडी अनुमती बिनै जिल्ला बाहिर लैजादा तोडफोड र आगजनी भएका छन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विषेश्वर प्रशाद जोशीले मन्त्रालयको काम विशेषले धनगढी गएका बेला धनगढीमा गाडी तोडफोड गरिएको बताए । उनका अनुसार सुपप्र ०११००झ०५६८ नम्बरको टेम्पल रिर्पोटमा पार्किङमा राखेकोे गाडी जलाएर नष्ट भएको बताए । कफ्युका कारण प्रशासनबाट अनुमती लिन नसकिएको बताउँदै उनले मन्त्रालयको कामका लागि धनगढी गएको दुरुपयोग गर्न नभएको दावि गरेका छन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले महाकाली पुल र डिभिजन वन कार्यालयले अनुमती नलिएको बताए । प्रजिअ ढकालले दुवै कार्यालयमा सवारी साधन तोडफोड आगजनीको विषयमा आफुले पनि अनौपचारिक रुपमा सुनेको बताउँदै थप बुझ्ने बताए । ‘सम्बन्धीत जिल्ला प्रशासनको अनुमती बिनै जिल्ला बाहिर सवारी साधन संचालन गर्न पाईदैन, ‘प्रजिअ ढकालले भने, ‘यसरी सरकारी गाडी दुरुपयोग गर्नेमाथि कार्बाही हुन्छ ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?