‘हेमा एक साता देखि सम्पर्कमा छैनन्, मित नाता पर्ने गाउँकै लक्ष्मण पनि गाउँमा छैनन् ’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीकी ३५ वर्षीय हेमा धामी एक सातादेखि सम्पर्कविहिन भएकी छन् ।

उनी असोज ८ गतेदेखि घरपरिवारको सम्पर्कमा नरहेको उनका श्रीमान् अर्जुन सिंह धामीले बताए । अर्जुन हाल कामको शिलशिलामा डेढ वर्षेदेखि दुबईमा छन् ।

तीन छोराछोरीकी आमा रहेकी हेमा बेपत्ता भए पछि उनका स–साना छोराछोरी बिचल्लीमा परेका छन् ।

‘हेमा एक साता भन्दा बढिदेखि सम्पर्कमा छैनन्, मित नाता पर्ने गाउँकै लक्ष्मण प्रसाद पन्त पनि गाउँमा छैनन् ।’ दुबईबाट अर्जुनले भने,‘म बिदेशमा छुँ, घरमा स–साना बालबालिका अलपत्र परेका छन् ।’

आफ्नो श्रीमती सोझी स्वभावकी र धैरै लेखपढ नगरीले कसैले प्रलोभन देखाएर वा झुक्काएर बेपत्ता पारेको हुन सक्ने उनले आशंका व्यक्त गरे ।

भीमदत्त नगरपालिका–१० जिमुवाका लक्ष्मण प्रसाद पन्त पनि सोही दिनदेखि सम्पर्कविहिन छन् । लक्ष्मणकी श्रीमती र अर्जुनकी श्रीमती हेमाले एक वर्ष अगाडि मित लगाएका थिए ।

त्यसै नाताले लक्ष्मण हेमाको घरमा आइरहेने र चिनजान राम्रो भएकोले उनले नै हेमालाई लगेर गएको हुनसक्ने दुवै परिवारका सदस्यहरुको आशंका छ ।

लक्ष्मण पनि विवाहित हुन् । उनको एक छोरा छ । उनीहरु दुवै जना भारततर्फ गएको आशंका गरिएको छ । यद्यपी दुवै जना अहिलेसम्म कसैको सम्पर्क आएका छैनन् ।

असोज ८ गतेदेखि नै लक्ष्मण पनि सम्पर्कमा नआएकोले उनकी श्रीमतीले खोजतलासका लागि असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् ।

‘खोजतलास र कल डिटेलका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छुँ । तर अहिलेसम्म केही केही भएको छैन् ।’ उनले भनिन् ।

अर्जुन बिदेशमा र उनकी श्रीमती एक सातादेखि परिवारको सम्पर्कमा नआए पछि छोराछोरीको बिचल्ली भएको छ । हेमा र अर्जुन २० वर्ष अगाडि बैवाहिक सम्बन्धमा बाँधिएका थिए ।

उनका १५ र १२ वर्षीय दुई छोरी र ६ वर्षीय एक छोरा छन् । एक हप्तादेखि आमा घर नआए पछि छोराछोरी रोइरहेका छन् ।

‘म बिदेशमा छुँ । आमा घर नआएर छोराछोरी रोइरहेका छन् ।’ दुबईबाट रुदै अर्जुनले भने, ‘छोराछोरीको बिचल्ली भयो ।’ श्रीमती सम्पर्कविहिन भए पछि खोजतलासका लागि प्रहरीमा निवेदन दिएको उनी बताउँछन् ।

भारततिर गएको हुनाले भारतमा रहेका नेपालीहरुले कहि कतै फेला परेकामा खबर गरी दिन अर्जुनले आग्रह गरे ।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले खोजतलासका लागि हुलिया परिपत्र भएको बताए ।

‘दुवैतर्फबाट खोजतलासका लागि निवेदन आएको छ । हामीले सबैतिर हुलिया परिपत्र गरेका छौँ ।’ डीएसपी थापाले भने, ‘कल डिटेल पनि मागेका छौँ ।’ दैनिक सञ्चार 

ताजा खबर

क्टरको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

१५ माघ, काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)...

चितवन–२ मा उपनिर्वाचन

काठमाडौँ, माघ १४ गते । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा...

सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सुरु गर्ने प्रधानमन्त्रीको तयारी

कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको...

रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक...

सुदूरपश्चिम प्रदेशमा एमाले नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?