जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

 

कञ्चनपुर, भदौँ २९

हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री रमेश लेखक पछि सत्ताधारी दल, पालिका, प्रदेश र संघीय जनप्रतिनिधी लक्षित निसानामा प¥यो । २३ भदौँ काठमाण्डौँमा भएको जेनजी आन्दोलनमा मानिसको मृत्युदेखि घाईते भएपछि तत्तकालिन सरकार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग सहिता सरकारमा सहभागिता मन्त्री, सांसद बिरुद्ध आक्र्रोस थियो । तर, कञ्चनपुरमा सरकार मात्रै नभई, सत्तामै नभएका दलका पाटी कार्यालय, निजी क्षेत्र राजनीतिक जिम्मेबारीमा नभएका व्यक्तिका निजी निवास पनि हाताहाती गरेका छन । भीमदत्त नगरपालिका १८कटानमा दुई बर्ष अघि मात्रै घर बनाएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा पनि छापामारशैली एक पटक नभई दुई दुई पटक गएर आगजनी, तोडफोड एव लुटपाट गरेका छन । पुर्व मेयर सुरेन्द्र विष्टको धर्मपत्नी कुसुम विष्टले घरमा सुई समेत नराखेर गएको बताईन । ‘घरभित्र रहेका एटुजेट सबै समान लुटपाट, आगजनी गरिदिएका छन, ‘उनले भने, ‘यस्तो अमानविय गतिबिधी कानुन मात्रै होईन मानवता बिरोधी पनी हो ।’ उनले अढाई दशकदेखि सुरक्षित राखेका माईतीले दिएका दाईजोका भाडाकुडा समेत लुटपाट गरिदिएको बताईन । घरमा पुगेका आन्दोलनकारीले पहिले पानी बन्द गरिदिए, किनकी आगजनी भएपनि निभाउँछन, भनेर होला । पहिलो पटक आगजनी गरेर गएका उनीहरुलाई बाहिर बसेका तीन महिलाले फेरी आन्दोेलनकारीलाई बोलाएर ठुलो क्षति गरिदिएका छन । ‘मेरो घर जलाएको सुनेपछि हाम्री एक चेलीबेटी मेरो घरमा आएकी थिईन, ‘उनले भनिन,‘ ‘आन्दोलनकारी पुन आए यो त पुर्व मेयर सुरेन्द्र विष्टकी छोरो हो, मारिदेउ भन्यो, अर्का आन्दोलनकारीले होईन होईन भन्दै बचाए, त्यो दिन एकातिर भौतिक अर्कातिर सम्पत्तीको नास भयो भयो, मानिस पनि गुमाउनुपर्ने अवस्था आयो ।’ प्रतिशोधदेखि व्यक्तिगत रिसिईबी ईगोले आफ्नो घरमा यत्रो जघन्य अपराध गरेको बताउँदै उनले यस्ता अमानविय अपराधनीहरुलाई कानुनदेखि भगवानले सजाय दिने विश्वास व्यक्त गरेकी छिन । उनले घर बनाएको ऋण तिर्न बाँकी रहेको र आफ्नो पैतिक सम्पत्ती भएको बताउँदै राजकीय पदमा नभएका मेरा श्रीमानको लोकप्रिय काम देखेर अत्तालिएका समुहले आगजनी गरेको दुखेसो पोखिन ।

 

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?