कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक बन्दै गएपछि ठूलो संख्यामा तोडफोड र आगजनी भएका छन्। आन्दोलनकारीहरूले सरकारी तथा निजी सम्पत्तिमा आक्रमण गर्दा जिल्ला तनावग्रस्त बनेको छ।

प्रहरीका अनुसार हालसम्म २७ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ। त्यस्तै पाँच वटा विभिन्न राजनीतिक दलका कार्यालय तोडफोडमा परेका छन्।

आन्दोलनकारीहरूले १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास लक्षित गरेका छन् भने चार वटा व्यापारिक केन्द्रमा समेत क्षति पुर्याइएको छ। यस्तै १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

जिल्लामा स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हिंसात्मक घटनापछि स्थानीयबासी त्रसित भएका छन्।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?