स्व.थानेश्वर प्रशाद भट्टः न्यायालयका एक नक्षत्र

Image may contain: Prakash Pandeyअधिवक्ता प्रकाश बहादुर पाण्डेय

वि.स .२००७ साल पुस २९ गते बुवा स्व.देवीभक्त भट्ट र आमा स्व.दुर्गादेवि भट्टको कोखबाट बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका वडा न–५ आलामा जन्मिएका हुन् वरिष्ठ अधिवक्ता स्व.थानेश्वर प्रशाद भट्ट ।

निम्नस्तरीय परिवारमा जन्मिएका उनि सानै उमेरदेखी बोल्न भाषण गर्न मन पराउने र सामाजिक कुरितीका विरुद्ध आवाज उठाउने गर्दथे ।

सामाजिक कुरितीका विरुद्ध भएर होला उनले बालपनमै भविष्यमा वकिल बन्ने मनसाय बनाएका थिए । आला गाउँमै औपचारीक शिक्षा हासिल गरेका उनले काठमाण्डौको त्रिचन्द्र कलेज र त्यस पछि नेपाल ल कलेजबाट उत्कृष्ट स्थानमा कानुन विषयमा ब्याचुलर अफ ल (बिएल) पास गरेपछि महेन्द्र विधा भुषण तथा लोकराज ज्ञवालि स्वर्ण पदकबाट समेत विभुषित भई वि.स.२०२९ सालमा अधिवक्ताको प्रमाण पत्र प्राप्त गरि कानुनी पेशामा लागेका थिए ।

त्यस्तै उनि वि.स. २०५३ सालमा वरिष्ठ अधिवक्ताको पदवीबाट समेत विभुषीत भएका थिए । वरिष्ठ अधिवक्ता स्व.भट्ट तत्कालिन पुनरावेदन बार महेन्द्रनगरको संस्थापक अध्यक्ष समेत हुन् ।

पुनरावेदन बार महेन्द्रनगरको अध्यक्ष पदमा रही उनले बारको समग्र विकास लगायत महेन्द्रनगरमा पुनरावेदन अदालतको इजलास कायम गर्ने देखी लिएर यस क्षेत्रका कानुन व्यवसायमा समर्पित कानुन व्यवसायीहरुको पेशागत जीवनमा समेत सहयोग पुरयाएका थिए ।

उनि नेपाल बार काउन्सिल एक्ट २०५० जारि भए पश्चात वि.सं. २०५१ सालमा महान्यायाधिवक्ता मोती काजी स्थापित नेपाल बार काउन्सिलको अध्यक्ष हुँदा काउन्सिलको पहिलो निर्वाचित परिषद्को संस्थापक सदस्य को भुमिका समेत निर्बाह गरेका हुन ।

कानुन र न्यायका क्षेत्रमा अब्बल, मर्यादित, निष्ठावान, उच्च नैतिक चरित्र भएकै कारण बरिष्ठ स्व. भट्ट वि.स. २०४८ सालमा तत्कालिन पुनरावेदन अदालतको न्यायाधिस पदमा समेत नियुक्ति भए । तर उनले नियुक्त भएको ८ दिनमै न्यायाधिस पदबाट राजिनामा दिए ।

आफुलाई राजनितिक दलले सिफारिस गरि राजनितिक पार्टीको कृपाबाट नियुक्त भएका हुन् भन्ने कुरा छापा मिडियामा छापिए पछि र केही व्यक्तिहरुको समेत पुर्वाग्रही सोचबाट सुन्नु पर्ने अवस्था पश्चात सो कुरा सहन नसकी उनले न्यायाधिस पदबाट राजिनामा दिएका थिए ।

त्यसपछि फेरी उनि आफ्नै क्षेत्रमा वकालतमै फर्किए । न्यायाधिस पदमा नियुक्ती पुर्व उनि तत्कालिन सिद्दनाथ वहुमुखि क्याम्पसका अध्यक्ष, कञ्चनपुर उधोग वाणिज्य संघ र सामुदायिक प्रहरी सेवा केन्द्र कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका थिए ।

करिब ४० साल वकालतमा बिताएका बरिष्ठ अधिवक्ता स्व।थानेश्वर प्रसाद भट्टको नियमित गर्ने योग साधना गरीरहेको अवस्थामा वि.सं. २०७७ जेठ २५ गते असामहिक निधन भयो । सुदूरपश्चिम क्षेत्र तथा सिंगो राष्ट्रलाई नै कानुनी क्षेत्रको एक सक्षम, सवल, उच्च नैतिकवान व्यक्तित्व, नक्षत्र गुमाउनु परेकोमा ठुलो नोक्सान भएको छ ।

उहाँले न्यायको क्षेत्र तथा समाजिक क्षेत्र समेतलाई देखाउनु तथा सिकाउनु भएकोे बाटो,उच्च नैतिकताको विषय ज्ञान र पेशा प्रतिको अनुशासन, निष्ठा, विश्वास, चिन्तन र चासो तथा अदालत प्रतिको लगाब हामी कानुन ब्यबसायी र समाजका लागि सदैव अनुसरण योग्य विषय बस्तु हुन् ।

उहाँबाट प्राप्त भएको यो समग्र योगदानको कदर गर्नु र गर्न सक्नु नै साँचो अर्थमा उहाँ प्रती गरिएको सच्चा र न्यायिक श्रद्धाञ्जली हो र ठहरिने छ जसका लागि हामी सदैव उहाँले पहिल्याएको न्याय प्राप्तिको मार्गमा विचलित हुने छैनौ ।

सम्पूर्ण कानुन व्यवसायी रहेको हाम्रो संस्था नेपाल बार एशोसिएशन (उच्च बार महेन्द्रनगर) परिवार जसको संस्थापकलाई नै गुमाउनु पर्दाको पिडा महशुस गरि वरिष्ठ अधिवक्ता स्व.थानेश्वर प्रशाद भट्ट प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।  (लेखक–नेपाल बार काउन्सिलका काउन्सिलर  हुन् ।)

 

ताजा खबर

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?