दशैको चटारोका बिच राष्ट्र प्रतिको जिम्मेवारीमा व्यस्त राष्ट्र सेवक

धन सिंह धामी

कञ्चनपुर १५ असोज ।

साथी किसन । आज भन्दा १८ बर्ष पहिले साथीहरुको बिच चिना परिचय हुदै गर्दा किसन नाथ संग पनि मेरो भेट भएको थियो । किसन संगको मेरो मित्रता प्रगाढ बन्दै गएको थियो । केहि बर्ष हामीले घुम्ने खेल्ने क्रममा बिताए सगै पछि उनी नेपाल प्रहरीको जागीरमा लागेका थिए र म पनि यतै महेन्द्रनगरमा रहेर आफ्नो कार्यक्षेत्रमा व्यस्त रहेको थिए ।

नेपाल प्रहरीको १५ बर्ष पछिको जागीर दौरानमा उनी अहिले महेन्द्रनगरमा ट्रफिक प्रहरीमा सरुवा भएर आएका हुन । सधै जसो कहिले छुट्टी मिलाएर घरमा आएपछि या कहिले एक्लाएक्लै दशै मनाउने हामी साथी यसपाली घर नजिक आएको साथी संग दशै मनाउने खुब रहर मेरो एका बिहान आज नममिको दिन मैले घरबाट बजार आउने क्रममा बिच चौराहमा उनलाई देखे ।

नेपाल प्रहरीको पोशाकमा राष्ट्र प्रतिको जिम्मेवारीमा व्यस्त साथी देख्दा खुसी लाग्यो । के छ साथी हाल खबर ठिक छ भन्दा उनले भने “यस्तै हो साथी राष्ट्र प्रतिको जिम्मेवारी पुरा गर्दै छु केहि समय पछि डिउटि टाईम पुरा हुन्छ अनि घरमा भेटौलानी” भन्दै उनी आफ्नो डिउटीमा लागि रहे । उनि संगै वडा प्रहरी कार्यालयबाट सहायक हवल्दार गोरख सिंह भाट पनि सहकार्यमा रहेका थिए ।

 

oplus_0

उनले सडकमा रहेका अस्तव्यस्त सवारी साधन तथा जेब्रा क्रसिङ्गबाट बाटो काट्न छोडेर बिच बाटो देखि यताउता सडक पार गरीरहेका आम सर्वसाधारणहरुलाई ट्रफिक नियमको पालना गर्नु पर्छ भन्दै सहि मार्ग निर्देशन दिदै थिए । उनि आफ्नो जिम्मेवारीमा निपुर्ण तल्लीन भएर लागिरहेको देखेर मेरो मनमा पनि खुसी लागि रहेको थियो । म मन मनै सोचि रहेको थिए कि यसरी नै सबै राष्ट्र सेवक कर्मचारीले र आम सर्बसाधारण जनताहरुले पनि आ–आफ्नो जिम्मेवारीको बोध गरेर लाग्ने हो भने राष्ट्र सुमार्गतिर लाग्ने र देशमा सुव्यवस्था अनि समृद्ध नेपालको परिकल्पना साकार हुने थियो भन्ने आभास हुदै थियो । अहिले भ्रष्ट राजनितिकर्मीहरुको कारणले गर्दा देशमा द्धन्द्ध हत्याहिंसा बढि रहेको परिस्थितिमा यस बिकराल समस्याबाट उम्कन देशलाई शान्तिको मार्गमा डोर्याउन सबै बुद्धिजिबि, राजनितिकर्मी, युवा पिडिले लाग्नु पर्ने उनको धारणा रहेको थियो भने हामीले नगरे कसले गर्छ राष्ट्र निर्माणको जिम्मेवारी भन्ने भावले मलाई पनि सबैले साथी किसनको जस्तै सोच राखेर अघि बढे एकदिन चाडै देशले समृद्धि तर्फको मुहार फेर्ने छ भन्ने लागेको छ । धन्यवाद छ साथी किसनलाई अनि यस्तै राष्ट्रप्रति जिम्मेवार भएर लागि रहेका राष्ट्र सेवक र सर्वसाधार, समाजसेवीजन प्रति उच्च सम्मान छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?