गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ ।

धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन संस्कार र संस्कृतिको संरक्षणसँगै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कञ्चनपुरमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव आयोजना हुने भएको छ।

भीमदत्त नगरपालिका–२, भाषीस्थित गुरुकुल इन्टरनेसनल स्कुलमा भदौ १८ देखि २३ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। गुरुकुल इन्टरनेसनल स्कुल र लोककल्याणकारी सेवा ट्रस्टको आयोजनामा हुन लागेको महोत्सवमा धार्मिक अनुष्ठान, प्रवचन, भजन–कीर्तन तथा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

महोत्सवबाट संकलन हुने रकम बाढीपीडितको राहत तथा उद्धारमा सहयोग गरिने विद्यालयका सञ्चालक खेमलाल घिमिरेले बताए। उनका अनुसार धार्मिक कार्यक्रममार्फत समाजमा सेवा, सद्भाव र मानवीय सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यसमेत राखिएको छ।

महोत्सवमा लोककल्याणकारी सेवा ट्रस्टका परमाध्यक्ष हरिशरण महाराजजीबाट श्रीमद्भागवत कथा तथा धार्मिक प्रवचन हुनेछ। त्यस्तै श्रीकृष्ण लीला, भजन–कीर्तनलगायत आध्यात्मिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा धार्मिक तथा सामाजिक क्षेत्रका व्यक्तित्व, विद्यार्थी, अभिभावक र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। पछिल्लो समय नयाँ पुस्तामा मौलिक धर्म, संस्कार र संस्कृतिप्रतिको रुचि घट्दै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले पुस्तान्तरण र सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने आयोजकको विश्वास छ।

महोत्सवले धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धिसँगै समाजमा आपसी सद्भाव, भाइचारा, नैतिकता र सकारात्मक सोचको विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। साथै स्थानीयस्तरमा धार्मिक पर्यटन तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्ने अपेक्षा आयोजकको छ।

श्रद्धालु तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी हुन आग्रह गर्दै आयोजकले ‘सकेसम्म सात दिन सहभागी बनौँ, नसके एक दिन सहभागी बनौँ, तर सहभागी अवश्य बनौँ’ भन्ने सन्देश अघि सारेको छ।

महोत्सवलाई व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाइएको विद्यालयले जनाएको छ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?