कञ्चनपुरको गड्डाचौकी नाकाः ‘मास्क’ लगाएर मात्रै भारत जान अनुमति

महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ । भारतीय सीमा सुरक्षा बल [एसएसबी]ले भारत आउनेरजाने सबैलाईै माष्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

भारतीय पक्षले सिमानामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरेको छ । ‘शंकास्पद लागे उनीहरुले स्वास्थ्य परीक्षण गर्ने गरेको बुझिएको छ” इप्रका गड्डाचौकीका प्रमुख नरेन्द्र चन्दले भने, “भारतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक साता यता कडाइ गरेको हो ।’

मास्क अनिर्वाय गरेपछि गड्डाचौकीदेखि एसएसबी क्याम्पसम्म मास्कको व्यापार बढेको स्थानीयको व्यापारीको भनाइ छ । त्यसैगरी पछिल्ला केही दिनयता भारतीय सुरक्षाकर्मीले नेपाली सवारीसाधन माथिको जाँचमा समेत कडाइ गरेको छ ।रासस

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?