ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ ।
आउँदो शनिबार २१ भदौँमा निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुँदैछ । संघको १५औँ कार्यकारिणी समिति चयनका लागि हुने निर्वाचनमा निर्माण व्यवसायी विभिन्न पदमा देखिएका छन ।
पछिल्ला बर्षहरुमा निर्माण व्यवसायी क्षेत्रमा पनि पढेलेखेका युवाहरु समेत देखिन थालेका छन । युवा निर्माण व्यवसायी मात्रै होईन ईन्जिनियर समेत रहेका हेम बहादुर महरा पनि चुनावी मैदानमा उत्रिएका छन । एकेडेमिक रुपमा ईन्जिनियर अध्ययन गरेका युवा निर्माण व्यवसायी महरा संघको सहकोषाध्यक्ष पदको मैदानमा उत्रिएका हुन ।

महरा निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सिभिलियन विल्र्डसका सचालक समेत रहेका युवा सफल निर्माण व्यवसायी महरा संघको पदाधिकारीको दौडमा छन । कञ्चनपुरमा मात्रै होईन जिल्ला बाहिर समेत विभिन्न जिल्लाहरुमा सफलतापुर्वक कामकाज सम्पन्न गरेका महरा झण्डै डेढ दशक बढी समयदेखि निर्माण व्यवसायीमा होमिएका छन ।
युवा निर्माण व्यवसायी महरा निरन्जन प्रशाद भट्ट प्यानलबाट सहकोषाध्यक्षका उम्मेदवार हुन । यस अघि ०७९मा पनि उनी भट्टकै टिमबाट सचिवका उम्मेदवार थिए, उतिबेला झिनोमतले पराजित भएका महरा अहिले फेरी साहसका साथ सहकोषाध्यक्षकै लागि चुनावी मैदानमा होमिएका छन ।
बाबु दामोदर महराको प्रेरणाबाट निर्माण व्यवसायी पेशामा संलग्न भएका महराले अध्ययन, अभिभावकले अंगाल्दै आएको पेशा र अनुभवका आधारमा निर्माण क्षेत्रमा जुटेको बताए ।
एक कार्यकाल सदस्यको जिम्मेबारी निर्वाह गरिसकेका महराले आम व्यवसायीका दैनिक जिवनदेखि अन्य पेशागत समस्यामा आईपर्ने समस्या समाधान गर्दै दिगो विकास र सम्बृद्धिमा लागि मर्यादित पेशा बनाउनका लागि पदाधिकारीको उम्मेबार बनेको बताए । सदस्यपछि पहिलो पटक पदाधिकारीमा सफलता नपाएपछि दोस्रो कार्यकालमा सफलता पाईने विश्वासका साथ अघि बढेका छन ।
‘म मेरो शिक्षा, अभिभावकले सम्हालेको पेशा र अनुभवबाट अहिले सहकोषाध्यक्ष पदको जिम्मेबारी लिन चाहन्छु, ‘महराले भने, ‘आम निर्माण व्यवसायीलाई पर्ने समस्यामा साथ दिन्छु ।’ महराले विशेष गरेर ए देखि डी क्लाससम्मका निर्माण व्यवसायीविच राज्यले गरेको विभेद अन्त्य गर्ने आफ्नो योजना रहेको बताए । ‘राज्यले नै हामी निर्माण व्यवसायीविच विभेद खडा गरिदिएको छ, ‘उनले भने, ‘सो विभेद पनि अन्त्य गर्छु ।’ ‘ए’ क्लासका निर्माण व्यवसायीलार्ई १५ महिना माथि र २ करोड माथिका ठेक्का दिईन्छ, ‘उनले भने, ‘सो विभेद हटाउन पहल गर्छु, राष्ट्र बैकको ईन्डेक्सकै आधारमा साना व्यवसायीलाई समेत मुल्य अभिबृद्धि दिलाउन पहल गर्छु ।’
साना व्यवसायीको हकहितका लागि काम गर्ने बताउदै उनले ‘डि’ श्रेणीका निर्माण व्यवसायीसग ईन्जिनियर प्राविधिक जनशक्ति नहुँदा आईपर्ने समस्या समाधानका लागि संघबाट प्राविधिक जनशक्ति उपलब्ध गराउने बताए । महराले व्यवसायिक हकहितका साथै सस्थाको विकासका लागि पहल गर्ने बताए । ‘म संस्थाको विकासका लागि काम गर्छु, ‘उनले भने, ‘त्यसैले सहकोषाध्यक्षको पद रोजेको हुँ ।’ आम निर्माण व्यवसायीका व्यवसायिक समस्या समाधानका लागि पहल गर्दै सहज व्यवसायमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘आम निर्माण व्यवसायीको संस्थागत हक हितका लागि काम गर्छु, ‘उनले भने, ‘एक पटक मलाई सहयोग गरिदिनुहोस, तपाईले गरेको विश्वास खेर जान दिदैन ।’ भीमदत्त नगरका स्थानीय समेत रहेका महराले निर्माण क्षेत्रमा देखिएका समस्या क्रमिक रुपमा समाधान गर्दै एकातिर व्यवसायी अर्कातिर जनताको हितका लागि काम गर्ने प्रतिज्ञा गरेका छन । आफुलाई सघाउनका लागि जिल्लाभरी भेटघाट गरेको महराले बताए । यस अघि पनि निर्माण व्यवसायी संघका पुर्व पदाधिकारीले महरा टिमकै पदाधिकारीलाई सहयोगका लागि आब्हान गरेका छन । यस पटक सहयोगका लागि महराले आम निर्माण व्यवसायीसंग अपिल गरेका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?