युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं ।
कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की यतिबेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा व्यस्थ छन ।
आउँदो शनिबार २१ भदौँमा हुन लागेको निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको निर्वाचनका लागि युवा निर्माण व्यवसायी कार्की जिल्ला मुकाममा व्यस्थ रहेका हुन । संघमा उनी आफ्नो सिङ्गो टिम पुष्पराज अवस्थी नेतृत्वको प्यानल जिताउनका लागि मत माग्न खटिएका छन ।
जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रकोे भुगोलबाट सघको पदाधिकारीमा उनी एक्ला उम्मेदवार हुन । यस अघि १४औँ कार्य समितिको निर्वाचनबाट सदस्य पदमा सानदारका साथ जित हासिल गरेका युवा निर्माण व्यवसायी कार्की अहिले पदाधिकारी सहकोषाध्यक्षको दौडमा आफ्नो अपराजित यात्रा तय गर्न लागेका छन ।
केदार निर्माण सेवा प्रालिका संचालक समेत रहेका कार्की बेलडाँडी गाँउपालिका २ चवन्नीका स्थानीय बासिन्दा समेत रहेका उनी डेढ दशकदेखि निर्माण व्यवसायी क्षेत्रमा सकृय छन ।
कार्कीले स्थानीय स्तरदेखि जिल्ला बाहिर समेत निर्माण क्षेत्रमा कामकाज सफलतापुर्वक गरेका छन । सरकारीदेखि सार्वजनिक निकायबाट पाएको काम समयमै गुणस्तरिय रुपमा सम्पन्न गर्दै जिम्मेबारी निर्वाह गरेका कार्की अहिले संघकै पदाधिकारीको जिम्मेबारीमा जान खोजेका छन ।
निर्माण व्यवसायी संघ कञ्चनपुरको सहकोषाध्यक्षका उम्मेदबार चित्र बहादुर कार्कीले आम निर्माण व्यवसायीहरुको साझा हकहितका लागि काम गर्ने एजेण्डा लिएका छन ।
उनले साना व्यवसायीहरुले खेप्दै आएका समस्या पहिचान गर्दै आगामी दिनमा भुक्तानीदेखिका काममा देखिने झन्झट हटाउँदै सबै व्यवसायीहरुलाई मर्यादित, भयरहित वातावरणमा कामकाज गर्नका लागि पहल गर्ने प्रतिज्ञा गरेका छन । ‘संघमा पनि धेरै साथी व्यवसायीहरु छुटेका छन, उनीहरुलाई पनि संघमा आबद्ध गराउँदै संस्थागत हित विकास गर्दै स्वच्छ निष्पक्ष, पादरर्शी, सम्मानित पेशा पाउने मेरो संकल्प छ, ‘उनले भने, ‘यही एजेण्डा साथ हामी चुनावमा होमिएका छौँ, हामीलाई अहिले विश्वास गरे त्यही अनुरुप आम व्यवसायीहरुको हकहितमा काम गछौँ ।’

ताजा खबर

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

नेकपाबाट कञ्चनपुर १ र ३ मा बीना मगर र मान सुनार चुनावी मैदानमा

कञ्चनपुर, ६ माघ नेपाली कम्युनिष्ट पाटी९नेकपा०बाट पुर्वमन्त्रीद्वय बीना मगर र...

रत्न कृषि सहकारीको दाेस्राे खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

दिल्लीराज पन्त  कञ्चनपुर ०५ माघ ।  कञ्चनपुरकाे भिमदत्त- १६ मा सहकारी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?