पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

प्रदिप राना

कञ्चनपुर, ३० साउन

ल्लाको दक्षिणी क्षेत्र बेलडाँडी पालिका मुकाम जोड्ने सडक सालका रुखले भरिभराउ थियो । बस्ती विस्तारका क्रममा झण्डै पाँच दशक अघि जंगल काटेर बेलडाँडीमा सट्टाभर्ना दिईएको थियो । उति बेलादेखि बेलडाँडी गाँउपालिका सहित मुल दुई बजार जोडने बेलडाँडी–चवन्नी सडक खण्डमा सालका बुढा रुख भरिभराउ थिए । विच सडकमा सालका रुख हटाउन कानुनी प्रकृया झन्झटले अधिल्लो स्थानीय सरकाले रुख नहटाएरै कालोपत्रे ग¥यो । तर, अहिले हरिशचन्द्र राना नेतृत्वको स्थानीय सरकारले सडकका रहेका रुख हटाएरै सडक विस्तारको योजना ल्याएको छ । बेलडाँडी गाविस, नगरपालिका र अहिले गाँउपालिकामा परिणत भएपछि मात्रै सडकका रुख हटाउने काम भएको हो । पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईएको छ । विच सडकमा रुख हुुँदा पैदल यात्रुदेखि ठुला सवारी साधनलाई आवतजावतमा समस्या खेप्नु परेको थियो । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले गाँउपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सडकमा पर्ने रुख हटाई सहयोगका लागि पत्राचार गरेपछि निकुञ्जले काट्ने अनुमतीदिएको बताए । २८जेठ ०८२ बेलडाँडी गाँउपालिका एव विपद व्यवस्थापन समितिले बेलडाँडी बजारदेखि चवन्नी बजारसम्म सडकमा पर्ने जोखिमयुक्त ८रुख हटाउनका लागि दिएकोे निवेदनका आधारमा निकुञ्ज प्रशासनले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरको संयोजकत्वमा गठित समितिले १५साउन ०८२को निर्णय अनुरुप जोखिमयुक्त रुख हटाउने निर्णयसंगै सडकमा रहेका रुख हटाउन लागेको बताए । पालिकाले पटक–पटक विभागमार्फत सम्बन्धित निकायलाई कटानीका लागि सिफारिस गर्दै आएको थियो ।पालिका प्रमुख रानाले निरन्तर ताकेता गर्दै वन नियमावली ०७९ को नियम ३६ बमोजिम “उपयुक्त देखिएको” र नियम ३७(१) अनुसार अनुमति प्राप्त गराई, अनुगमन तथा मूल्यांकन समितिबाट स्थलगत निरीक्षण गराई कार्य अगाडि बढाएका हुन् । रुख कटानी गरी बेलडाँडी इलाका प्रहरी वा बेलडाँडी रेञ्जर पोष्टको जिम्मामा राखिने भएको छ । विच सडकमा रहेका रुख हटाएसंगै नागरिक सुरक्षामा टेवा पुग्ने स्थानीयको भनाई छ । स्थानीय युवा प्रकाश मालीले बषौँपछि सडकमा रहेका रुख हटाउने कामबाट विकाससंगै यात्रु सुरक्षामा विश्वास बढिरहेको बताए । ‘यो त हामीहरुका लागि राहत हो, अब सडकमा हिंड्दा वा गाडीमा यात्रा गर्दा डर गर्नु पर्ने छैन, ‘उनले भने, ‘यस कदमलाई स्थानीयबासीले पालिका प्रमुख रानाको जनहितमा गरिएको अथक प्रयासको जितका रूपमा लिएका छन ।’ सडकमा रहेका रुख हटाएसंगै सडक स्तरोन्नती गरिने गाँउपालिकाले जनाएको छ ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?