‘क’ वर्गका ठेकेदार देवीदत्त भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुर महासचिवको दौडमा

कञ्चनपुर, १७ भदौं ।
आशन्न २१ भदौँ ०८२ शनिबार हुने निर्माण व्यवसाय संघ कञ्चनपुरको नयाँ नेतृत्व, पदाधिकारीका लागि निर्वाचन हुदैछ । नेतृत्व पदाधिकारी सदस्यका लागि जिल्लाका कनिष्ठदेखि बरिष्ठ निर्माण व्यवसायी विभिन्न पदमा देखिएका छन । पुष्पराज अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार देवीदत्त भट्ट चुनावी मैदानमा होमिएका छन ।
झण्डै अढाईदशक देखि निरन्तर निर्माण क्षेत्रमा सकृय भट्ट सदस्य हुँदै संघको संगठन प्रमुख महासचिवकै दौडमा देखिएका हुन । शन्निदेव निर्माण सेवा प्रालिका संचालक समेत रहेका भट्ट २५ बर्षदेखि निरन्तर व्यवसायमा छन । उनको निर्माण कम्पनी पनि ‘क’ वर्ग उत्कृष्ठ स्थानमै छ । जिल्ला, प्रदेशदेखि बाह्य जिल्लाहरुमा सम्झौता अनुरुप सन्तोषजनक काम सम्पन्न गरेका भट्टले बाँके, बर्दिया, पोखरा, कालिकोट, जुम्लासम्मै निर्माणको काम गरेका छन । समयमै काम सम्पन्न गरेको भन्दै सरकारी, गैर सरकारी संस्थाबाट सम्मान पाएका भट्टले संघको विद्यान अनुरुप सदस्यको जिम्मेबारी सफलतापुर्वक गर्दै अब पदाधिकारी(महासचिव) हुँदै नेतृत्व लिने लक्ष्य अघि सारेको बताए ।
महासचिवका उम्मेदवार भट्टले आफु कुनै दलको नेता कार्यकर्ता नभई विशुद्ध निर्माण व्यवसायी भएको बताउँदै उनले सानादेखि ठुला सबै प्रकृतिका व्यवसायीहरुको हकहितका लागि काम गर्ने प्रतिज्ञा गरेका छन । प्रत्यक्ष १५÷२०युवाहरु सहित अप्रत्यक्ष रुपमा निरन्तर डेढसयलाई रोजगारी दिएका भट्टले निर्माण व्यवसायलाई स्वच्छ, निष्पक्ष, सम्मानितका साथै युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउने केन्द्र बनाउने समेत सकल्प दिएका छन । ‘निर्माण व्यवसायतिर देखिएका भुक्तानीदेखि सबै प्रकृतिका समस्या समाधानका लागि संघ रोज्न लागेको छुँ, ‘उनले भने, ‘काम गरेपछि पनि भुक्तानी नपाउने, भुक्तानी दिएपनि अनेकन दुख दिने प्रचलन छ, त्यसलाई समाधान गर्छु ।’
अन्यायमा परेका साना व्यवसायीहरुकोे हकहितका लागि काम गर्दै भावि दिनमा संस्थागत बृद्धि विकासका लागि काम गर्ने बताए । भट्टले आम निर्माण व्यवसायीहरुलाई सहयोगका लागि अपिल गरेका छन ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?