कञ्चनपुरमा महोत्सवको रौनक

महेन्द्रनगर । कञ्चनपुरमा आयोजित विभिन्न महोत्सले कञ्चनपुरको रौनक बढेको छ । हाल कञ्चनपुरमा तीन छुट्टा–छुट्टै मेला तथा महोत्सव सञ्चालित छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका स्थित झलारीमा शुक्लाफाँटा (महाशिवरात्री) साँस्कृतिक पर्यटन मेला २०७६ त्यस्तै भीमदत्त नगरपालीको आयोजनामा तेस्रो शुक्लाफाँटा तथा झलुुङ्गे पुल पर्यटन महोत्सव र उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव एकै साथ सञ्चालन हुदा कञ्चनपुर मेलामय भएको हो ।

उद्योग वाणिज्य संघ कञ्चनपुरले आयोजना गरेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा दर्शकको अन्य मेला भन्दा बढी घुईचो लाग्ने गरेको छ ।

शुक्रवार महेन्द्रनगरमा पानी पर्दा समेत महोत्सव हेर्न आउने दर्शकको भीडमा भने कुनै कमी आएको थिएन । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजना तथा भीमदत्त नगरपालिकाको सहकार्यमा गत बुधवार देखि फागुन १७ गते सम्म हुने उक्त महोत्सव अवलोकन गर्नेको संख्या दिन दिनै बढ्दै गएको महोत्सव आयेजक समितिले जनाएको छ ।

चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति हेर्न लाग्ने दर्शकहरुको घुईचोले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको रौनक बढेको छ । महोत्सवमा शनिवार चर्चित गायीका अनिता चलाउने, गायक मनोज धामी लगायतले दर्शकलाई नचाएका थिए ।

उनिहरुको फर्खाईमा बसेका हजारौ दर्शकले जब अनिता र मनोजलाई स्टेजमा देख्ने वित्तिकै हुटिङ गर्दै उनीहरुकोे गानामा नाचेर साथ दिएका थिए ।

शनिवार अनिता चलाउने, मनोज धामी,रुविना अधिकारी लगायत स्थानिय कलाकारहरुको प्रस्तुतिले महोत्सवको रौनक झन बढेको थियो ।

त्यस्तै आईतवार चर्चित गायक सुगम पोखरेल, गायीका सृजना खत्री लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको सचिवालयले जानकारी दिएको छ ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?